१९ असार २०८३, शुक्रबार

 

बागलुङ बजारबाट नगदसहित सात जुवाडे पक्राउ

बागलुङ । बागलुङ नगरपालिका–३ चिप्लेटीस्थित मुक्तबहादुर किसानको घरबाट जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।

जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा घरधनी मुक्तबहादुर किसान, पदमबहादुर किसान, प्रेमबहादुर किसान, दीपक रुचाल, शुक्र आले, बागलुङ नगरपालिका–६ का ३८ वर्षीय श्यामबहादुर परियार तथा बागलुङ नगरपालिका–८ का ६७ वर्षीय कृष्ण खड्का रहेका छन्।

उनीहरूको साथबाट नगद २० हजार ८३५ रुपैयाँ र १०६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung