२३ असार २०८३, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ प्रोफेसनलको पदस्थापन, विक्रम शर्माले सम्हाले अध्यक्षको जिम्मेवारी

बागलुङ । लायन्स क्लब अफ बागलुङ प्रोफेसनलले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश अधिकारीले नवनिर्वाचित अध्यक्ष विक्रम शर्मालाई औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका थिए।

त्यसपछि अध्यक्ष शर्मासहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।

कार्यक्रममा क्लबका सदस्य, लायन्सकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा विगत कार्यकालका गतिविधिको समीक्षा गर्दै आगामी कार्यकालमा सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक एडमिनिसटेटर काजिमान गुरुङ, डिर्पामेन्ट चिफ दुर्गा श्रीस, पिआरओ प्रेम केसी, संस्थापक अध्यक्ष गोविन्द भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता तथा सचिव शिव भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

लायन्स क्लब अफ बागलुङ प्रोफेसनल सदस्यहरूको नेतृत्व विकाससँगै सामाजिक, शैक्षिक, जनस्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung