२५ असार २०८३, बिहीबार

 

विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार विनोद थापालाई

बागलुङ । विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट यस वर्ष पत्रकार विनोद थापा सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा थापालाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा, पुरस्कारका संरक्षक विकास पौडेल तथा शाखाका सचिव नारायण रिजालले थापालाई सम्मानपत्र, दोसल्ला तथा नगद रु। ५ हजार सहित पुरस्कार प्रदान गर्नुभयो।

पुरस्कारबाट सम्मानित थापा हाल बागलुङस्थित आदर्श सञ्चार र न्युज २४ टेलिभिजनमा कार्यरत छन्। यसअघि उनले रेडियो ढोरपाटनमा समेत पत्रकारिताको अनुभव हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung