२५ असार २०८३, बिहीबार

 

किरण आचार्य टिका-धन क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

बागलुङ । टिका-धन क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ बाट यस वर्ष पत्रकार किरण आचार्य सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा तथा शाखाका सचिव नारायण रिजालले आचार्यलाई सम्मानपत्र, दोसल्ला तथा नगद रु १० हजार सहित पुरस्कार प्रदान गर्नुभयो।

पुरस्कारका संरक्षक मित्रलाल खरेलले यो पुरस्कार स्थापना गर्नु भएको हो ।

पुरस्कारबाट सम्मानित आचार्य २५ वर्षदेखि हाल नेपाल टेलिभिजनमा कार्यरत छन्। यसअघि उनले हाँक साप्ताहिक, धौलाश्री दैनिक, बागलुङ साप्ताहिक र धौलागिरि दैनिकमा समेत पत्रकारिताको अनुभव हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung