बागलुङ । लायन्स क्लब अफ बागलुङ आवाजको आयोजनामा तथा लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ भगवती र लायन्स क्लब अफ बागलुङ शालिग्रामको सहकार्यमा पहिलो एडभाइजरी कमिटी बैठक शनिबार सम्पन्न भएको छ।
बैठकमा प्रमुख अतिथि डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवर तथा विशिष्ट अतिथि रिजन चियर पर्सन लिला देवी खड्का र डिस्ट्रिक्ट कोडिनेटर नारायण आचार्यले लायन्स अभियान, नेतृत्व विकास र सामाजिक सेवाका विविध पक्षबारे मन्तव्य व्यक्त गर्दै सेवा कार्यलाई अझ प्रभावकारी बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङका अध्यक्ष भुपेन्द्र केसी, लायन्स क्लब अफ बागलुङ आवाजकी अध्यक्ष सावित्री केसी तथा लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष इन्द्रा काउचाले आ–आफ्ना क्लबले हालसम्म सञ्चालन गरेका सामाजिक गतिविधि, उपलब्धि तथा आगामी दिनमा सञ्चालन गरिने सेवा कार्यक्रम र रणनीतिबारे जानकारी गराएका थिए।
जोन–३ का जोन चेयरपर्सन सूर्यप्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ बागलुङ आवाजकी अध्यक्ष सावित्री केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने लायन्स क्लब अफ बागलुङका अध्यक्ष भुपेन्द्र केसीले धन्यवाद ज्ञापन गरेका थिए।
बैठकले विभिन्न लायन्स क्लबबीच समन्वय, सहकार्य र सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।













































































































































































































