२८ असार २०८३, आईतवार

 

परिसूचन साप्ताहिक पत्रिकाको वार्षिकोत्समा मैत्रीपूर्ण फुटसल

बागलुङ । बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । १३औँ वार्षिकोत्सवका अवसरमा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा आयोजक टोली, नेपाल पत्रकार महासंघ बागलुङ शाखा र प्रबुद्ध युवा समूह सहभागी भएका थिए । प्रतिस्पर्धामा प्रबुद्ध युवा समूह विजेता बनेको थियोे नेपाल पत्रकार महासंघ उपविजेतामा सीमित भयो ।

आयोजक टोली तृतीय स्थानमा रह्यो । विजेता टोलीलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेता नेपाल पत्रकार महासंघ र तृतीय हुने आयोजक टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले खेलकुद हरेक मानिसका लागि अपरीहार्य भएको बताउनुभयो ।

उहाँले मानसिक रुपमा समेत स्वच्छ रहन खेल आवश्यक हरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लेखन नेपाल मिडिया प्रालिद्वारा प्रकाशित पत्रिकाले विगतका वर्षहरूमा फुटबल, फुटसल प्रतियोगिता तथा विभिन्न क्षेत्रमा शैक्षिक सामग्री र खाद्यान्न वितरणलगायतका कार्यक्रम गर्दै आएकोमा यस वर्ष वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

लेखन नेपाल मिडिया प्रालिका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्धक नवराज नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन पत्रिकाका सम्पादक ताराप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung