बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ ।
सोमबार उक्त बैठकमा अध्यक्ष मनोज श्रेष्ठले २०२६-२०२७ मा गर्ने वार्षिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए
वार्षिक कार्यक्रमहरुमा गर्भनर रमेश अधिकारीको लिडिक वइथ परपोच कार्यक्रमलाई सबै सरोकारवालाहरुसँग मिलेर सफल बनाउने, काठमाडौंमा हुन लागेको पहिलो क्याबिनेट मिटिङ, स्वास्थ्य शिविर, संचार सचेतना, सिपमुलक तालिमको बारेमा जानकारी दिनु भएको थियो ।
बैठकमा पदाधिकारी, सदस्य र पूर्वअध्यक्षहरुले सुझावहरु प्रस्तुत गरेका थिए ।
बैठक लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्ष र तृतीय उपाध्यक्ष विदेश कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ धौलागिरि बागलुङ इतिहास बोकेको धौलागिरि क्षेत्रको पहिलो क्लब हो ।

















































































































































































