२७ श्रावण २०८३, बुधबार

 

चक्कु प्रहारबाट बागलुङको धम्जामा श्रमिकको हत्या

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाको हत्या भएको छ।

धम्जा माझकटेरामा श्रमिकका रूपमा आई बसोबास गर्दै आएका ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको हत्या भएको हो।

मजदुरीका लागि सँगै आएका साथी ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादका क्रममा

खत्रीमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो।

चक्कु प्रहारबाट खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जना स्थानीय निर्मल आधारभूत विद्यालयको भवन निर्माणमा कार्यरत थिए।

घटनामा संलग्न घर्तीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung