बागलुङ । फेसबुकमा ‘सरी आमा, सरी बाबा’ लेखेर दुई सातादेखि सम्पर्कविहीन भएकी बागलुङको ढोरपाटन नगरपालिका–९ की तपस्या विक मृत अवस्थामा फेला परेकी छिन् ।
साउन १९ गते फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहीन भएकी विकको शव ढोरपाटन नगरपालिका–७ भूजीखोलामा मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
स्थानीय खिमबहादुर विकले बाटो हिँड्ने क्रममा खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
















































































































































































