३ भाद्र २०८३, बुधबार

 

कुकुर होस्टेललाई सहयोग गरेर लियो क्लब अफ पिस टाउनले मनायो स्थापना दिवस

बागलुङ । लायन्स क्लब अफ बागलुङ पिस टाउन र लियो क्लब अफ पिस टाउनले बागलुङ नगरपालिका–३ मूलपानीमा नगरपालिकाले सञ्चालन गरेको कुकुर होस्टेललाई सहयोग गरेर स्थापना दिवस मनाएका छन् ।

लियो क्लब अफ पिस टाउनको स्थापना दिवसअवसरमा क्लबले कुकुर होस्टेलका लागि आवश्यक सामग्री तथा सहयोग प्रदान गरेको थियो ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ जे नेपालका डिष्ट्रिक एडभाइजर तुलसी रेग्मी, लायन्स क्लब अफ बागलुङ पिस टाउनकी तृतीय उपाध्यक्ष ज्योति विष्ट, लियो डिष्ट्रिक ३२५ जे नेपालका चिफ रिजन कोअर्डिनेटर किरण रेग्मी, रिजन कोअर्डिनेटर योगराज कँडेल र बागलुङ नगरपालिकाको पशु शाखाका प्रमुख मित्रलाल सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम लियो क्लब अफ पिस टाउनको अध्यक्ष प्रमिला कँडेलको अध्यक्षतामा र सहायक अध्यक्ष रेजिना जिसीको संचालनमा संम्पन्न भएको थियो ।

वक्ताहरूले पशु संरक्षण तथा व्यवस्थापनमा समुदाय, स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

नगरपालिकाले सञ्चालन गरेको कुकुर होस्टेलले छाडा तथा असहाय कुकुरको व्यवस्थापनमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung