९ भाद्र २०८३, मंगलवार

 

बागलुङ जेसीजको जेसीज सप्ताह सुरु, युवाको प्रेरणाका दुई पात्र शर्मा र राजभण्डारी सम्मानित

बागलुङ। युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ र बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठले संयुक्त रूपमा उनीहरूलाई सम्मान गरेका हुन्।

उक्त सम्मान बागलुङ जेसीजका पूर्वअध्यक्ष दिवाकर शाक्यका बुबा कृष्णप्रसाद शाक्यको स्मृतिमा प्रदान गरिएको हो।

कार्यक्रममा वर्ष २०२६ का लिडर्स अध्यक्ष तथा पूर्वअध्यक्ष पार्वती अधिकारी, बोर्ड अफ ट्रस्टीका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियार र बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवं मूल संयोजक सुलभ खड्काले स्वागत गरेका थिए भने महासचिव स्वीकृति भारीले संचालन गरेका थिए ।

सप्ताह कार्यक्रम अन्तर्गत भदौ १० गते धवलागिरि बहुमुखी क्याम्पसमा मनोपरामर्श कार्यक्रम, भदौ ११ गते लोकतान्त्रिक चोकमा ‘सत्यदेवी स्मृति ‘स्लो बाईक रेस’ प्रतियोगिता’, भदौ १२ गते होटल दि राजनमा उद्घोषण कला तालिम र भदौ १३ गते रस आवर फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुदैँछ।

त्यस्तै, भदौ १४ गते राधाकृष्ण मन्दिरमा १२औँ अन्तरविद्यालय नृत्य प्रतियोगिता आयोजना गरिएको छ भने भदौ १५ गते होटल पिस प्यालेसमा मूल समारोह तथा प्रगती कुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बागलुङ जेसीजले जनाएको छ।

युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

तस्वीर : खोजिनितीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung