११ भाद्र २०८३, बिहीबार

 

प्रहरी सुरक्षित भएमात्र जनताको सुरक्षा हुन्छ : प्रहरी महानिरीक्षक कार्की

बागलुङ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षित प्रहरीले मात्रै जनताको सुरक्षका लागि उच्च मनोवलका साथ खटिने बताउनुएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न ब्यारेक, तथा आवास भवनको उद्घाटन पछि बोल्दै उहाँले सुरक्षामा खटिएका प्रहरीहरु सुरक्षितरुपमा बस्ने व्यवस्थापन बागलुङमा भएको बताउनुभयो ।

प्रहरीको नियमित बजेटबाट उक्त भवनहरु निर्माण भएको हो । जनताको साथ र सहयोगमा मात्रै प्रहरी उच्च मनोवलका साथ काममा खटिने बताउनुभयो ।

“चुहिने छानोमुनी सेतेको प्रहरीले कसरी कम गर्न सक्छ, हावाले जस्ता उठाउला भन्ने डरमा सुतेको प्रहरीले कसरी काम गर्छ, बागलुङमा भवन मिर्नाण भएपछि यो अवस्थाको अन्त्य भएको छ” कार्कीले भन्नुभयो “बागलुङ प्रहरीले ढिलै भएपनि चार वटा भवन एकसाथ पाएको छ, नागरिकको विश्वास र साथले प्रहरीको मनोबल बढ्नेछ ।”

सुविधा सम्पन्न पूर्वाधारले प्रहरीलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने कार्कीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा रु. नौ करोड ७१ लाखको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष तथा वरिष्ठ प्रहरी अधिकृत आवास र कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएको हो ।

२०७९ सालमा निर्माण सुरु भएको भवन २०८३ जेठमा सम्पन्न भएर उद्घाटन गरिएको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung