१२ भाद्र २०८३, शुक्रबार

 

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

बागलुङ । आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा बागलुङमा एक ४८ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पीडित बालिकामाथि जबरजस्ती करणी भएको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

प्रहरीले आरोपितलाई भदौ १० गते नियन्त्रणमा लिई बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आरोपित यसअघि पनि जबरजस्ती करणी कसुरमा पक्राउ परी आठ वर्ष कैद सजाय भुक्तान गरिसकेको अभिलेखबाट खुलेको छ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung