१९ भाद्र २०८३, शुक्रबार

 

लक्ष्मी सनराइज बैंकले राहत कोषमा दियो ३ करोड २४ लाख

काठमाडौं । १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका तर्फबाट उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई प्रदान गरिएको छ ।

विपद्‌बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको क्रम जारी छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि वित्तीय क्षेत्रको सक्रिय सहभागिता देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung