१४ बैशाख २०८१, शुक्रबार

 

अमेरिकी सहरमा कसरी बन्यो बाख्रो मेयर ?

काठमाडौं । अमेरिकाको बरमोन्टस्थिल फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ । मेयर चन्नका लागि चुनाव गरिएको थियो । मेयरका लागि कुकुर र विरालोसहित १६ जनावर उम्मेदवार बनाइएका थिए ।

अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो।लिकंन १३ भोट ल्याएर मेयर बनेको हो।उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्‍यो।अरु उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे।
लिंकनको कार्यकाल १ वर्षको हुनेछ।

लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो।लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ।यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन्।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो।सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।

प्रतिक्रिया दिनुहोस्