१४ बैशाख २०८१, शुक्रबार

 

पर्वतमा पहिलोपटक सडक खाना महोत्सव हुने

पर्वत। जिल्लामा पहिलो पटक सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।  नयाँ बषार्यकाे अवसर पारेर चैत्र ३० देखि बैशाख २ गतेसम्म चल्नेगरी सडक खाना महोत्सव गर्न लागिएकाे हो ।

‘सडकमा खाउँ र सडकमै रमाउँ’ भन्ने नाराका साथ नयाँ वर्ष २०७६को अवसरपारी उक्त महोत्सव आयोजना गर्न लागेको जेसिसका अध्यक्ष मोहोन आर्चायले बताए । सडक खाना महोत्सवमा  २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य राखिएको छ । महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । नेपालकै अग्ला चार वटा पुल, एसियाकै नमूना बञ्जिजम्प, यान्त्रिक पुल, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्