१४ बैशाख २०८१, शुक्रबार

 

शेरचनकाे कोसेली जन्मगाउँलाई चुल्हो

बागलुङ  । बागलुङको तमानखोला गाउँपालिका वडा नम्वर ५ र ६ का करिव ५ सय घर परिवारलाई  फलामे आधुनिक सुधारिएको चुल्हो वितरण गरिने भएको छ ।
पोखरा वस्दै आएकी स्थानीय झककुमारी शेरचनले जन्मगाउँकाे संभफनामा दुई वडाका करिव ५ सय परिवारलाई अागाे बाल्ने चुल्हो वितरण गर्न लागेकी हुन् ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको समृद्ध नेपाल बागलुङ नामक संस्थाका अध्यक्ष शेरचनले तमानखोला गाउपालिका वडा नम्वर ५ खुङखानी र वडा नम्वर ६ नर्जाखानीका सवै स्थानीयलाई चुल्लो वितरण अभियान सुरु भएको वताइन् । वडा नम्वर ५ को खुङखानीका २६ र वडा नम्वर ६ नर्जाखानीका २५ गरि ५२ परिवारलाई चुल्हो वितरण गरी अभियान सुभारम्भ गरिएको छ । आगामी दिनमा सबै स्थानीयलाई आधुनिक फलामे चुल्हो वितरण गर्ने शेरचनले जानकारी गराइन्  ।

विकट गाँउका विपन्न परिवारहरुको घरलाई धुवाँ रहित बनाउनमा करिव ७० लाख बराबरका चुल्हो सहयोग गरिने शेरचनले वताइन् । घरभित्रको धुवाँमुक्त र स्वास्थ्य स्तरमा पनि सुधार गर्नका लागि सुधारिएको चुल्हो सहयोग गरिएको छ । खुङखानीमा आयोजित चुल्हो हस्तान्त्रण कार्यक्रममा वोल्दै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल वुढाले स्थानीयहरुलाई आगामी दिनहरुमा खाना पकाउन, समयको बचत, दाउराको बचत स्वास्थ्यमा सुधार गर्नमा आधुनिक सुधारिएको फलामे चुल्होले फाईदा पुग्ने वताउनु भयो ।

वडा नम्वर ५ का वडा अध्यक्ष हिरावहादुर शिर्पालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष मानसरी शेरचन ,सहयोग दाता झककुमारी शेरचन ,नेपाल सस्कृती अध्ययन सस्था (आईसीए) नेपालका उपाध्यक्ष आत्मराम तिमल्सीना ,सहजकर्ता ताराप्रसाद गौतम ,समृद्ध नेपाल सस्थाबागलुङका उपाध्यक्ष शुभद्रा कोईराला लगाएयत बाेलेका थिए । दुई वटै वडाका स्थानीयलाई वडामै कार्यक्रम आयोजना गरी चुल्लो वितरण गरिएको थियो ।

ग्रामिण भेगमा रहेका विपन्न परिवारहरुका लागि आधुनिक सुधारिएको फलामे चुल्हो उपलव्ध गराएपछि सहज भएको वडा नम्वर ६ का वडा अध्यक्ष कुलवहादुर छन्त्यालले वताए । आधुनिक सुधारिएको चुल्होको प्रयोग संगै समय तथा परम्परागत् उर्जा श्रोत दाउराको बचत हुने र स्वास्थ्य सम्वन्धी समस्या न्यूनिकरण हुने चुल्लो उत्पादक कम्पनी शान्ती इन्जीनिरिङ सप्लायर्स पोखराका वसन्त रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्