१५ बैशाख २०८१, शनिबार

 

सहकारी दिवशमा उत्कृष्ट सहकारीहरु सम्मानित

बागलुङ। सहकारी दिवशको उपलक्ष्यमा बागलुङको राम्रो काम गरेका सहकारीहरु सम्मानित भएका छन । ६२ औं राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा प्रमुख अथिति राष्ट्रिय सहकारी बैंकको अध्यक्ष केवि उप्रतीले सहकारीकर्मीहरुलाई सम्मानित गरेका हुन ।

सम्मानित हुनेमा बागलुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी ,महिला हित सहाकारीका अध्यक्ष लिला देवी खड्का ,गुहेली संचार सहकारीका अ्ध्यक्ष खिम कार्की, सिवाईसी सहकारीका सचिव वेदप्रसाद शर्मा, मुक्तिनाथ स्वास्थ्य सहकारीका अध्यक्ष सिता शर्मा, नमुना दुग्ध सहकारी, त्रिवेणी वचत तथा ऋण सहकारी, साना किसान कृषि सहकारी सम्मानित भएको छ ।

जिल्ला सहकारी संघको पुर्व अध्यक्षको तर्फबाट रामबहादुर जिसी पनि सम्मानित भएका छन ।सहकारी दिवशको उपलक्ष्यमा आयोजित अन्तर सहकारी हाजिर जवाफ प्रतियोगितामा गुहेली संचार सहकारी प्रथम ,महिला हित सहकारी द्धितीय,आदर्श संचार सहकारी र कल्याणकारी सहकारी तृतीय भएको छ ।  यसै गरी अन्तर मावि स्तरीय सहकारी वक्तृत्व प्रतियोगितामा विममावि प्रथम, न्यु एभरेष्ट बोर्डिङ स्कुल द्धितीय र अमृत आदर्श आवासिय मावि तृतीय भएका छन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्