
भारतमा विभिन्न उपभोग्य वस्तु उत्पादन र विक्री गरी बहुराष्ट्रिय कम्पनीलाई समेत पछाडि पारि सकेको पतन्जलि आयुर्वेदले आफ्नो उत्पादनलाई चिनिया बजारमा लैजाने योजना बनाएको छ । भारतीय योगगुरू रामदेवले आफ्नो कम्पनी एसियाली बजारमा शक्तिशाली भएको हेर्न चाहेका छन ।
यसको लागि पतन्जलिले भारतको झारखण्ड राज्यको साहिबगन्ज जिल्लामा कारखाना बनाउन लागेको छ । भारत सरकारले भारतमा भन्दा पूर्वमा रहेका देशहरूमा व्यापार विस्तार गर्न साहिवगन्ज जिल्लालाई मल्टी मोडेल हबको रूपमा विकास गर्न खाजेको छ १ यसै योजना अन्तर्गत रामदेवले यस क्षेत्रमा चिनिया बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ ।
यस क्षेत्रबाट रामदेवले चीन, म्यानमार, बगलादेश र पूर्वी एशियाली मुलुक तर्फ आफ्नो बजार विस्तार गर्न अन्तरदेशीय जलमार्ग प्राधिकरण र ढुवानी मन्त्री नितिन गडकारीसंग कुरा गरिसकेका छन । यसको साथै पतन्जलि कम्पनीले उघोग स्थापनाको लागि झारखण्ड सरकारसंग छलफल गरिरहेको छ ।