५ श्रावण २०८३, मंगलवार

 

जैमिनी नगरपालिका ७ जैदीमा चुनावी सभा सम्पन्न,काग्रेसमा बढ्यो जनलहर

- गरिवी निरावरण र समृद्ध जैमिनीका लागि आफ्नो उम्मेद्वारी — पौडेल

नेपाली काग्रेस जैमिनी नगरपालिका वडा नं ७ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नेपाली काग्रेस जैमिनी नगरपालिका प्रमुख पदका उम्मेद्वार इन्द्रराज पौडेलले गरिवी निरावरण र समृद्ध जैमिनीका लागि आफ्नो उम्मेद्वारी रहेको भन्दै नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातालाई समक्ष आग्रह गरेका छन ।

indra g

त्यस्तै नेपाली काग्रेस नगर उपप्रमुख पदका उम्मेद्वार कौशिला देवी विकले सम्पूर्ण महिला तथा दलित र पिछडिएका बर्गहरुको अधिकार प्राप्ति र उत्थानका लागि आफुले उम्मेद्वारी दिएको बताईन ।

सो अवसरमा नेपाली काग्रेसका सदस्यहरु ओमकार थापा,हरि आचार्य,सिताराम रसाइली,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्मा,नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्मा,नेपाली काग्रेस महाधिबेशन प्रतिनिधी गणेश सापकोटा,पूर्व महाधिवेशन गिता रेग्मी, नेपाली काग्रेस क्षेत्रीय सचिव विकास पौडेल, राजेन्द्र पौडेल,दलित महिला उम्मेद्वार विमला सुनार,महिला उम्मेद्वार कुमारी राना,क्षेत्रीय सदस्य भगवती सापकोटा,तरुल दल सदस्य नविन थापा,नेपाल विद्यार्थी संघ जिल्ला सचिव श्रीकृष्ण
पौडेल लगायतले बोलेका थिए ।
चुनावी सभा नेपाली काग्रेस जैमिनी नगरपालिका वडा नं ७ का सभापति बमबहादुर क्षेत्रीको अध्यक्षता,किसान संघका क्षेत्रीय अध्यक्ष कृष्ण सुवेदीको स्वागत मन्तव्य र नेपाली काग्रेस जैमिनी नगरपालिका ७ का सचिव बलिभद्र शर्माको सञ्चालन भएको थियो ।
चुनावी आमसभामा सांगीतिक प्रस्तुती समेत रहेको बताईएको छ ।

nach

बुधबार नेपाली काग्रेसले सोही वडामा मतदाताका घरदैलो पुगेर प्रचारप्रसार अभियान समेत सम्पन्न गरेको छ । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५० भन्दा बढि व्यक्ति नेपाली काग्रेसमा प्रवेश गरेको नेविसंघ सचिव श्रीकृष्ण पौडेलले बताए ।

prabes3prabes1

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung