बागलुङ । बागलुङको ढोरपाटन हिडेको स्कार्पियो पहिरोले पुरिएको छ । पुरिएको जीपबाट यात्रुको सकुसल उद्दार गरिएको छ ।
सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डमा पहिरो खस्दा पर्यटक सवार स्कर्पियो पुरिएको हो ।
ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा मंगलबार राति सडकमाथिबाट खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियो पुरिएको थियो ।पुरिएको जीप आज बिहान निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रमेश्व त्वातिका अनुसार अनुसार स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा अचानक सडक माथिबाट पहिरो खसेको थियो ।
सडक स्तरोन्नती भइरहेकाले उक्त खण्डमा पहिरो खसिरहेको छ । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।













































































































































































































