
स्थानीय निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरूको मतदातालाई आकर्षित गर्न घरदैलो अभियानलाई तिब्रता दिएका छन । बागलुङ नगरपालिका ३ नं वडाका नेपाली कागेसका वडा अध्यक्षका उम्मेदवार जितबहादुर कार्की (बद्री) को नेतृत्वमा घरदैलो अभियान सम्पन्न गरेका छन ।
किनारा टोल , हल्लनचोक , नाग रोड, गुठी, नयाँ बजार, कम्पुटोल , नारायण चोक, राधाकृष्ण टोल, भूपी चोक र श्रीनगर टोलमा मतदाताहरूसंग नेपाली कागेसको उम्मेदवारहरूलाई मतदान गर्न मतदाताहरूलाई अनुरोध गरेका थिए । वडाको समग्र विकासको लागि आफ्नो टिम योग्य भएकोले विजयी गराउन कार्कीले आगह गरे । घरदैलो अभियानमा वडा अध्यक्षका उम्मेदवार जितबहादुर कार्कीको नेतृत्वमा महिला सदस्य खड्ककुमारी खड्का ,दलित महिला सदस्य सरस्वती किसान सार्की,खुल्ला सदस्यहरू उमेश केसी र हरि प्रसाद श्रेष्ठको सहभागिता थियो ।