पछिल्लो मतगणना अनुसार बागलुङ नगरपालिका वडा नं १ र २ मा एमाले विजयी भएको छ । बागलुङ नगर प्रमुखमा एमालेको अग्रता देखिन्छ जस्मा एमालेले ११ सय २७ मत प्राप्त गरेको छ भने नेपाली काग्रेसको १ हजार ३४ रहेको छ । त्यस्तै उपप्रमुखमा राप्रपाको ११ सय ५५ मत संख्या देखिन्छ भने नेपाली काग्रेसको ८ सय ३२ मत रहेको छ । त्यस्तै जैमिनी नगरपालिकामा वडा नं ९ र १० मा १६०० मत गन्दा राष्ट्रिय जनमोर्चा अग्रता कायम रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाको प्रमुखमा ९ सय १६ रहेको छ भने नेपाली काग्रेसको ४ सय २२ मत रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेको अग्रता रहेको छ जस्मा एमालेले ९ सय १० मत पाएको छ भने नेपाली काग्रेसले ३ सय ३ मत प्राप्त गरेको छ । एमाले र राजमो विचको तालमेल रहेको उक्त नगरपालिकामा मतगणना कार्य कछुवा गतिमा भइरहेको छ । उता बरेङ गाउपालिकामा पनि राष्ट्रिय जनमोर्चाको अग्रता रहेको छ ।













































































































































































































