स्थानीय तह निर्वाचनको मत परिणाम आउन शुरु भएसंगै जिल्लामा नेकपा एमालेले आफ्नो अग्रता कायम गरेको छ । बाग्लुङ नगरपालिका वडा नम्बर १ र २ को मत गणना सकिएको छ । दुवै वडामा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर १ मा एमालेका दुर्गाबहादुर बोहोरा र २ मा एमालेकै जीवन आचार्य विजयी भएका छन् । दुई वटा वडाको मत गणना सकिदा मेयरमा एमालेको जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्का अगाडी छन् । एमाले राप्रपा र जनमोर्चाको संयुक्त प्यानलबाट उम्मेदवार बनेका पौडेलले ११२७ र काँग्रेसका वसन्तकुमार श्रेष्ठले १०३४ मत प्राप्त गरेका छन् । उपमेयरमा खड्काले ११५५ र काँग्रेसकी शकुन्तला शर्माले ८३२ मत प्राप्त गरे ।














































































































































































































