३० बैशाख २०८२, मंगलवार

 

अमेरिकामा बेरोजगारी दर ४.४ प्रतिशत

अमेरिकी श्रम विभागका अनुसार अप्रिलमा २ लाख ११ हजार रोजगार सृजना भएपछि अमेरिकी बेरोजगार दर ४.४ प्रतिशत कायम भएको छ । अघिल्लो महिना अमेरिकाको बेरोजगार दर ४.६ प्रतिशत थियो । बेरोजगारको संख्या ८ लाख ५४ हजार रहेको छ । अप्रिलमा ज्यालामा पनि सुधार आएको छ । औसत घण्टाको कमाईमा ०.३ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा यस बीच खानी , समाजिक सहयोग, पर्यटन र स्वास्थ्य क्षेत्रमा रोजगार सिर्जना भएको छ ।

यसै गरी बार र रेष्टुरेन्टमा पनि रोजगारी सिर्जना भएको छ !यस क्षेत्रमा १२ लाख ६० हजार रोजगारी थपिएको छ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दशकको अवधिमा २ करोड ५० लाख नयाँ रोजगारी सिर्जना गर्ने बताउदै आए पनि अर्थशास्त्रीहरूले भने यसलाई अवास्तविक भएको बताएका छन ।

अमेरिकामा आ प्रावासिहरूको आगमन अमेरिकी नागरिकहरूको रोजगारी खोसेको र खुल्ला बजारका कारण अमेरिकी लगानी बाहिरिएपछि र चिनियाँ समानको बढ्दो दबाबले अमेरिकी नागरिकहरूको रोजगारी संकटमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung