३ श्रावण २०८३, आईतवार

 

अमेरिकी आर्थिक वृद्धि ०.७ प्रतिशत मात्र

चालू वर्षको पहिलो त्रैमासिक अवधिमा अमेरिकाको वार्षिक आर्थिक वृद्धि ०.७ प्रतिशत कायम भएको छ । राष्ट्रपति डोनाल्ड टम्पले निर्वाचन अभियानको बेला आर्थिक वृद्धि दर बढाएर ४ प्रतिशत पुर्याउने बताएका थिए । वृद्धि दरको लक्ष्य हासिल नहुदा अमेरिकी राष्ट्रपति टम्प निरास भएका छन । आर्थिक वृद्धि बढाउन ह्वाइट हाउसले कर्पोरेट करको दर घटाउने प्रस्ताव गरेको थियो । यसै गरी व्यावसायिक करलाई ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गर्ने र अमेरिकी कम्पनीहरूलाई विदेशमा राखेको पैसा फिर्ता ल्याएर स्वदेशमा लगानी गर्ने वातावरण सिर्जना गर्न खोजेको छ । टेजरी सेक्रेटरी स्टेभिन मुचिनले टम्पको कर योजना सार्वजनिक गर्दै अमेरिकी नागरिकलाई पनि कर कटौतीको प्रस्ताव गरेको छ । आर्थिक वृद्धिको बारेमा टम्पले निरासा व्यक्त गर्दै वर्षको अन्त्यसम्म उकालो लाग्ने बताएका छन । टम्पबाट आउने आर्थिक प्रोत्साहन कार्यक्रम समयमै आए यसको प्रभाव आगामी वर्षको सुरूवातसम्मको अवधिमा देखा पर्ने छ । उपभोक्ता खर्च चलायमान नभएको, सवारी साधानको बित्री घटेको, घरघुरी खर्च घटेको र अस्वाभाविक किसिमको गर्मी मौसमको कारण यो सुस्त आर्थिक अपस्था देखा परेको अर्थशास्त्रीहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung