३ श्रावण २०८३, आईतवार

 

बुर्तिबाङ नगर बिकास समितिको अध्यक्षमा मेषलाल शर्मा

बुर्तिबाङ नगरविकास समितिको अध्यक्षमा नेपाली काँग्रेशका पुर्वजिल्ला कार्यसमिति सदस्य मेषलाल शर्मा नियुक्त भएका छन् ।
शर्मालाई जेठ १६ गते शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आगामी दुई बर्षे कार्याकालको लागि बुर्तिबाङ नगरविकास समितिको अध्यक्षमा नियुक्ति गरेका हुन् ।
यस अघिका अध्यक्ष अर्जुन सेरचनको कार्याकाल गत चैत्रमा सकिएपछि नगरविकास समितिको अध्यक्ष पद रिक्त रहँदै आएको थियो । मन्त्रीस्तरिय निर्णयबाट आफुले जेठ १८ गते बुर्तिबाङ नगरविकास समितिको अध्यक्ष नियुक्त भएको पत्र पाएको शर्माले नयाँविश्वलाई जानकारी दिए ।
नगरविकास समितिको अध्यक्ष शहरी विकाश मन्त्रीले नियुक्त गर्ने कानुनी व्यवस्था छ । पदभार ग्रहण पछि समितिलाई पुर्णता दिए लगत्तै बुर्तिबाङ नयाँ शहर आयोजनको कामलाई अघि बढाउने प्रतिबद्धता नवनियुक्त अध्यक्ष शर्माले व्यक्त गरेका छन् ।
उनले नयाँ शहर अयोजनाको डिपिआर अनुसार कामलाई अघि बढाउने, जग्गा खरिद, यातायत सञ्जाल, सडक निर्माण, सरकारी भवन निर्माण, वस्ती विकाश जस्ता काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । प्रयाप्त बजेट भएपनि नयाँ शहर आयोजनको काम अपेक्षाकृत हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung