७ जेष्ठ २०८१, सोमबार

 

देविस्थान मावि निसीको ५८ औँ बार्षिकोत्सबमा कार्यक्रम

निसीखोला गाउँपालिका वडा न १ मा रहेको देविस्थान माध्यमिक विद्यालायको ५८ औं वार्षिकोत्सबको अवसरमा आन्तरिक तथा बाह्य कार्यक्रमहरु भएका छन् ।

मंगलबार भएको निसीखोला गाउँपालिका स्तरीय माद्यामिक तहको हाजिरीजवाफ प्रतियोगितामा ७ समूहको सहभागीता रहेकोमा प्रभा माबि झिवाखोला प्रथम, ज्ञानेन्द्र माबि निसी द्वितीय र रत्नराज्री लक्ष्मी माबि जुग्जाखोला तृतीय भएका छन ।

त्यस्तै आधारभूत तहको लोक नृत्य प्रतियोगिता ६ समूहले सहभागीता जनएकोमा देविस्थान माबि देविस्थान प्रथम,अन्नपूर्ण आधारभूत विद्यालय हर्पे द्वितीय र ज्ञानेन्द्र माबि निसी तृतीय भएका छन् ।

आधारभूत तह र माध्यमिक तहको बेलुन नृत्य प्रतियोगिता र प्राथमिक तहमा रिले डौड प्रतियोगिता पनि भएको छ ।

कार्यक्रम प्रधानाध्यापक किरण पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्