२६ बैशाख २०८१, बुधबार

 

कालीगण्डकीबाट कालिका मान्दिरमा जल ल्याईएको परियोजना सफल

खानेपानी तथा ढल निकास विभागका काठमाण्डौको टोलिले बागलुङ कालिका मन्दिरमा कालिगण्डकी नदिबाट पम्पिङ्ग मार्फत ल्याएको खानेपानी योजनाको अनुगमन गरेको छ ।

२०७१ सालबाट निमार्ण थालिएको योजना अन्र्तगत २०७३ चैत्र महिनामा कालिगण्डकीको नदिबाट मन्दिर परिशरमा पानी ल्याइएको थियो ।

विभागका महानिर्देशक तेजराज भट्ट सहितको टोलिले पम्पिङ्ग मार्फत ल्याइएको योजनाको अनुगमन गरेको हो । अनुगमनका क्रममा मन्दिरमा आवश्यक पर्ने कालिगण्डकीको पानी पम्पिङ्ग मार्फत सेवा विस्तार गरिएको उनले बताए ।

आधुनिक प्रविधिमार्फत सेवा थालिएको छ, भट्टले भने, कालिका मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटकका साथै स्थानिय प्रत्यक्ष लाभान्नित भएका छन ।

उनले खानेपानीलाई सहज बनाउन मन्दिरमा बिजुलीको प्रयोग गरि कालिगण्डकी नदीबाट ९ वटा धारा जडान गरि पानी वितरण गरिएको बताए ।

महानिर्देशक भट्टले बागलुङ बजारमा खानेपानीको समस्या रहेकोले आगामी दिनमा कालिगण्डकी नदिर काठेखोलाबाट पम्पिङ्ग मार्फत खानेपानी ल्याउने तयारी थालिएको बताए । माग अनुसार पानी उपलब्ध नभएपछि पम्पिङ्ग मार्फत बागलुङ बजारमा पानी ल्याउने अध्ययन सुरु गरिएको उनको भनाई छ ।

२ करोड ६५ लाखको लागतमा बागलुङ कालिका मन्दिरमा कालिगण्डकी नदिबाट पम्पिङ्ग मार्फत पानी ल्याएको छ । मन्दिरमा पुजा गर्ने भक्तजनहरुलाई लक्षित गरि गण्डकीको पानी पम्पिङ्ग मार्फत ल्याइएको कालिका भगवती मन्दिर गुठीका अध्यक्ष राजु खडकाले बताए । यसबाट भक्तजनहरु कालिगण्डकी नदी नै गएर स्नान गर्नुपर्ने अवस्थाको अन्त्य भएको खडकाले बताइ ।

कालिका मन्दिरमा कालिगण्डकी नदिबाट पानी ल्याउने कार्य अत्यन्तै सफल भएको र यसबाट धेरै लाभान्ति भएको खानेपानी तथा सरसफाई डिभिजन बागलुङका प्रमुख पुर्णप्रसाद उपाध्यायले जानकारी दिए । आयोजनको ८० प्रतिशत काम पुरा भएको गुठीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्