
बेनीमा म्याग्दी नदीले बगाएकी एक बालीकाको सोमबार उद्धार गरिएको छ ।
धौलागिरी गाउँपालीका–३ मुना घर भई अहिले बेनीनगरपालिका–२ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षिया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा खसेको चप्पल छोप्ने जाने क्रममा ममतालाई नदीले ५० मिटर तलसम्म बगाएको थियो ।
नदीले बालीकालाई बगाएको देख्नेवित्तकै प्रत्यक्षदर्शीले सूचना गरेपछि घटनास्थल पुगेर सकुशल उद्धार गरिएको प्रहरी निरिक्षक दिवाकर घिमीरेले बताए ।
उनको अहिले बेनी अस्पतालमा उपचार भैरहेको छ । यसअघि गत महिना पनि कालीगण्डकी नदीले बगाएर बिच भागमा रहेको ढुङ्गामा अड््कीएका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको थियो ।