
कालीगण्डकी किनारमा एक पुरुशको बेबारिसे शव फेला परेको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ तथा सबिकको छिस्ती–२ बेलबगर, गाईथुन्ने भन्ने ठाउँमा कालीगण्डकी नदी किनारमा शब भेटिएको हो ।
अन्दाजी ३५ बर्षको जस्तो देखिने पुरुशको शब कुहिएर दुर्गन्धित भएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक अनिलकुमार खड्काले जानकारी दिए । स्थानीयले नदीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शबको पहिचन हुन पनि नसकेको र सडेर औँसा परिसकेकाले पोष्टमार्टम समेत गर्न सकिने अबस्था नभएपछि लास जाँचको प्रकृति मुचुल्का समेतको प्ररम्भिक अनुसन्धान पछि स्थानीयको रोहबरमा नदी कनारमै खाल्डो खनेर पुरिएको प्रहरीले जनाएको छ ।