६ जेष्ठ २०८१, आईतवार

 

‘सहकारीकै अवलोकन गर्दैछ’ एकता सहकारीको टोली

एक आपसमा अनुभव आदान प्रदान गर्ने उदेश्यले एकता सहकारी बागलुङको टोलीले गलकोटका विभिन्न सहकारीको अवलोकन भ्रमण गरेको छ । सहकारीका प्रबन्धक दिपकजंङ राजभण्डारी नेतृत्वको ८ सदस्यीय कर्मचारी टोलीले गलकोटका ३ वटा सहकारीको अवलोकन गरि अनुभव आदान प्रदान गरेको हो ।

हटियामा रहेको गलकोट बहुउदेश्यीय सहकारी, गलकोट सुचना तथा सञ्चार सहकारी र सामुदायिक रेडियो गलकोट तथा हरिचौरमा रहेको गलकोट बचत तथा ऋण सहकारीको अवलोकन गरेको प्रबन्धक राजभण्डारीले जानकारी दिए ।

गलकोट बहुउदेश्यीय सहकारीमा अध्यक्ष रामप्रसाद शर्मा, सचिब छबिलाल शर्मा तथा प्रबन्धक जमुना खड्काले आफ्नो सहकारीको बारेमा अवलोकन टोलीलाई जानकारी गराए । एकता सहकारीका प्रबन्धक दिपकजंग राजभण्डारीले पनि आफ्नो सहकारीमा सञ्चालित कार्यक्रम र प्रगती बारे बताएका थिए ।

हरिचौरको गलकोट बचत तथा ऋण सहकारमा अध्यक्ष रामबहादुर खत्री र प्रबन्धक दीर्घदत्त लोहनीले आफ्नो सहकारी बारे बताए । अवलोकनले सहकारीमा भएका राम्रा काम बारे एक आपसमा आदान प्रदान भएको र सहकार्य मार्फत अघि बढ्न प्रेरणा दिएको अवलोकन टोली प्रमुख राजभण्डारीले जानकारी दिए ।

यसैविच एकता सहकारीका सञ्चालकहरु अध्ययन भ्रमणका लागि लम्जुङ गएका छन् । त्यहाँको जनकल्याण बचत तथा ऋण सहकारी र पोखराको पोखरा रोयल सहकारीको अध्ययन तथा अवलोकन भ्रमणमा निष्किएको सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्माले बताए । उनकको नेतृत्वमा १४ जना संचालक समिति तथा उपसमिति पदाधिकारी भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्