गायक राज सिग्देलको ‘आँखामा कुनै सपना छैन’ आधुनिक गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ । उनको यो गीत मंगलबार सार्बजनिक भएको हो ।
‘आँखामा कुनै सपाना छैन
सुखको स्वर्ग त्यो मेरो होईन’

‘रेटेर गयौ, यो दिल टेकेर गयौ
सवैकी भयौ तिमी मेरी भैनौ’
‘तिम्रो छचल्कीने जवानी वेग्लै
हेरेर रमिता म थाकेँ म एक्लै’
‘तिमीले त प्यालामा पियौ जवानी
आँसु पिएर मातेँ म एक्लै’
‘रित्तो यो मनमा रहर छैन
खुसीको बर्षा त्यो मेरो हाईन’
हरि बस्ताकोटीको गीतमा गायक सिग्देलको एकल स्वर रहेको छ । अभिनय समेत राज आफैले गरेका छन् । गायक राजको अभिनय पनि स्वर जस्तै निकै जीवन्त छ ।
उनले आफ्नो निकै मन पर्ने गीत बजारमा ल्याउन पाउँदा निकै खुसि लागेको प्रतिक्रिया दिएका छन् । संगीत भने हरि लम्सालले दिएका छन् । निर्देशन युवराज वाईवाको छ भने सम्पादन निसान घिमिरेले गरेका छन् ।
यो लिङ्कबाट हेरौँ भिडियो….













































































































































































































