३ जेष्ठ २०८१, बिहीबार

 

गलकोट नगरको बजेट सवा ४९ करोड, पत्रकारितालाई ८ लाख (बजेट शिर्षक सहित)

- आन्तरिक स्रोतबाट २ करोड ६५ लाख ६७ हजार जुटाईने

गलकोटगलकोट नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/७५ को बजेटमा सञ्चार क्षेत्रलाई मात्र ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरका लागि कुल ४९ करोड १६ लाख ४६ हजार बार्षिक बजेट विनियोजन हुँदा स्थानीय रेडियो, पत्रकार महासंघ र पत्रकार समाजलाई यो बजेट छुट्टिएको हो ।

नगर प्रमुख भरत शर्मा गैरे

सामुदायिक रेडियो गलकोट र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणलाई समान ३/३ लाख तथा गलकोट पत्रकार समाजलाई २ लाख बजेट छुट्याईएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

नीति तथा कार्यक्रममा ‘घुम्टे पत्रकारिता पुरस्कार’ स्थापना गर्ने उल्लेख छ । तर बजेट भने तोकिएको छैन । ‘पत्रकारिता जगतलाई राज्यको महत्वपुर्ण अंगको रुपमा मानिदै आएको छ’, नगरप्रमुख शर्माले भने, ‘यो क्षेत्रको संस्थागत विकास र सुधारमा हामीले सक्दो बजेट राख्नुपर्छ भनेर बजेट प्रश्ताब गरेका छौँ ।’

उपप्रमुख रेनुका काउचा

कुल ४९ करोड १६ लाख ४६ हजार रुपैयाँ बजेट मध्य कुल आन्तरिक आम्दानी २ करोड ६५ लाख ६७ हजार रुपैयाँ जुटाउने गलकोट नगरपालिकाले लक्ष्य राखेको छ । यो आन्तरिक कर तथा राजश्वबाट जुटाईने उपप्रमुख रेनुका काउचाले जानकारी दिईन् । यो नगरको आफ्नै आम्दानी हो ।

राजश्व बाँडफाँड बाट ५० लाख, अन्य आय वाट रु ५० लाख गरी जम्मा रु ३ करोड ६५ लाख ६७ हजार जुट्ने अनुमान गरिएको छ ।

अन्तर सरकारी बित्तिय हस्तान्तरणबाट ३६ करोड ५० लाख ७९ हजार र सामाजिक सुरक्षा तर्फ ९ करोड प्रस्ताव गरिएको छ । नगरलाई प्राप्त ससर्त अनुदान १५ करोड ७७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

व्ययतर्फ चालु खर्चमा ३ करोड ५५ लाख ११ हजार रुपैयाँ, विभिन्न कोष व्यबस्थापनमा २ करोड ५ लाख रुपैयाँ, कृषिमा ५० लाख रुपैयाँ, शिक्षाको लागि १ करोड पचास लाख रुपैयाँ बजेट छ ।

पशु बिकासलाई ७० लाख रुपैयाँ, पुर्वाधार बिकास क्षेत्रलाई ६ करोड ३२ लाख २८ हजार रुपैयाँ, वातावरण तथा विपत व्यबस्थापनका लागि १ करोड ८२ लाख ११ हजार रुपैयाँ छुट्याईएको छ ।

कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदी

सामाजिक विकाश क्षेत्र तर्फ २ करोड ८२ लाख ४५ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ २ करोड ८६ लाख ६५ हजार रुपैयाँ, वित्तिय व्यवस्थापन तथा सुशासनका लागि ३९ लाख, सस्थागत विकास तथा सेवा प्रवाहमा ५६ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

नगरले प्रश्ताब गरेको बजेट शिर्षक र रकमको विवरण यस्तो छ ।

20170720_06570420170720_06572820170720_06574020170720_06575620170720_06580820170720_06582220170720_06583520170720_065856

 20170720_07003820170720_07001720170720_070027

प्रतिक्रिया दिनुहोस्