‘तीजको दर सेल्फी ३’ बोलको मौलिक गीत भिडियो सहित बजारमा अएको छ । गीतमा गलकोटे कलाकार वसन्त थापा र श्रीकृष्ण बम मल्लको शब्द संगीत र स्वर रहेको छ । अभिनयमा समेत उनीहरुलाई देख्न सकिन्छ । लक्ष्मी मल्लको प्रस्तुतीमा आएको गीतको नारी आवाजमा समेत उनै छिन् ।
२०७४ सालको तीजको पुर्वसध्यामा बजारमा आएको गीतको शब्द, लय र अभिनय समेत निकै मौलिक र जीवन्त छ । पछिल्लो पटक तीजका गीतमा मौलिकतासँगै चेलीको भावना नआउने गरेको गुनासो विच यो गीतले यी दुवै कुरामा गुनासो गर्ने ठाउँ नराखेको महसुस गर्न सकिन्छ ।
भिडियोमा बब्बु थापा, महेन्द्र गौतम, करिश्मा ढकाल लगायतका कलाकारको अभिनय छ । छायाङ्कन दुर्गा पौडेल गरेका छन् । सम्पादन भने प्रविन भट्टको छ । गीतको भिडियोलाई एकता फिल्मस्ले बनाएको हो । गीत तथा अडियो आरएस डिजिटलले बजारमा ल्याएको हो ।
भिडियो…..













































































































































































































