३० बैशाख २०८२, मंगलवार

 

१८ औँ अरुण स्मृति दिवशमा मानव सेवा आश्रमलाई खाद्यान्न

गायक अरुण थापा मगरको १८ औँ स्मृति दिवसको अवसर पारेर बागलुङमा रहेको मानव सेवा आश्रमलाई खाद्यन्न प्रदान गरिएको छ । थापाले गायका ऋतुहरुमा तिमी, चोट के हो ब्यथा के हो, जति मायाँ लाएपनि लगायत थुप्रै गीत चर्चित छन् ।

विसं २०११ फागुन ११ गते जन्मिएका थापाको कलेजोमा हेपाटाईटिस बीको संक्रमणबाट २०५६ सालमा निधन भएको थियो । उनै गायक अरुणको स्मृति दिवशमा नेपाल मगर विद्यार्थी संघ बागलुङ र नेपाल मगर सांस्कृतिक संघ बागलुङले संयुक्त रुपमा खद्य सामग्री प्रदान गरेका हुन् ।

मानव सेवा आश्रममा भएको कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष तथा नेपाल मगर संघका केन्द्रिय सदस्य जोगलाल बुढा र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले आश्रमका सञ्चालक सुनिता श्रष्ठलाई खाद्यान्न प्रदान गरे ।

सामग्री प्रदान गरेपछि बोल्दै बुढाले गयक अरुण थापा नेपाली संगीतिक क्षेत्रका उज्ज्ल नक्षत्र भएको बताए । उनले अरुण स्मृति दिवशमा साहराविहिन भएर मानवसेवा अश्रमको संरक्षणमा रहेकाहरुलाई सहयोग प्रदान गर्नु प्रशंसनिय कार्य भएको बताए । पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले अरुण थापाको बारेमा बोलेका थिए ।

मानव सेवा आश्रम अभियन्ता सुमिरा लामाले अनाथ, असहाय, अपाङ्गता, असक्त र मनोरोगीलाई संरक्षणका लागि आश्रम सञ्चालन गरिएको जानकारी दिईन् । उनले सहयोगीबाट प्राप्त स्रोतले नै आश्रम चलेको बताईन् । सडक मानव मुक्त मुलुक बनाउने उदेश्य सहित आश्रम सञ्चालन गरिएको उनले जानकरी दिईन् ।

मकवारपुरको हेटौँडाबाट सुरु भएको मानव सेवा अश्रम बागलुङमा सेभ द युथको व्यवस्थापनमा सञ्चालित छ । आश्रममा अहिले १० जना महिला तथा पुरुश रहेका छन् ।

कार्यक्रम युनिसा थापाको स्वागत र नेपाल मगर विद्यार्थी संघ बागलुङका सचिव प्रतिक घर्ति मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

गायक अरुण थापाको बारेमा

वि. सं. २००९ साल माघ ११ गते बाबु गाज सीं थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रुपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । आफ्ना दुईभाइ र एक बहिनीकी दाजु अरुण थापाको प्रारम्भिक शिक्षा जे.पी. हाइस्कुल ठमेलबाट शुरुभएको थियो । सानै देखि आफ्नो कितावी ज्ञान भन्दापनि गितसंगितमा रुचि राख्ने अरुण गितकार र स्विमिङमा सानै देखि सोखिन थिए ।

स्कुल तहको शिक्षा दार्जलिङमा लिएपनि २०२८ सालमा १९ वर्षको उमेरमा जे.पि. हाइस्कुल ठमेलबाटनै अरुणले एसएलसी उत्तिर्ण गरेका थिए । केहिसमय विराटनगरको बैंकको जागिरे समेत भएका अरुण संगितप्रति अधिक रुचिभएकै कारण बैंकको जागिर छाडि वि.सं. २०३० सालतिरबाट पोखरामा बसोबास गर्न थाले पोखराको बसोबाससँगै पृथ्वीनारायण क्याम्पसबाट उच्चशिक्षा अध्ययनलाई अगाडि बढाए ।

पोखरामा अध्ययन गर्दैगर्दा आफ्नो बुबाको सहयोगमा नातीकाजि र शिवशंकर जस्ता संगितकारसँग अरुणको परिचय हुनपुग्यो । २०३२ सालमा स्वर परिक्षा पासगरेपक्षि आश्विण गुरुङको रचना र ओमविक्रम विष्टको संगितमा पहिलोपटक कतै टाढा तिमीबाट पुगेंभने सम्झेर नरुनु ठुलो छ संसार ……हजार छन बोलको गित रेकर्ड गराएका थिए । पहिलो गितले खासै लोकपि्रयता कमाउन नसकेपनि २०३४ सालको अन्त्यतिर ऋतुहरुमा तिमी …..२०३६ सालमा जतिमाया लगायत गितले उनको चर्चा देशविदेश सर्वत्र भयो । अत्यन्त इमान्दारिताका साथ आफ्नो प्रेमविवाह सम्पन्न गरेका अरुण थापाले विमलाले परिवारको दवावमा परपुरुषसँग विवाह गरेको थाहा पाएपछि विक्षिप्त बनेका अरुणले आफुलाई सम्हाल्न नसकि त्यहि देखि अरुणले आफलाई सम्हालने नाममा नशालु पदार्थको सहारा लिन थाले । अरुणका बुबा गाजुप्रसादले ललितपुरको झम्सिखेलमा घर बनाएका थिए । विवाह भएर विछोडभएपछि अरुले आफनो जिवनसँग मेलखाने किसिमका गित चोट के हो वेथा के हो… मलाई नसोध…. जतिमाया लाएपनि …. जस्ता चर्चित गित गाएकाथिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung