३ जेष्ठ २०८१, बिहीबार

 

‘ग्रामिण क्षेत्रमा उद्यमशिलता विकास मार्फत आर्थिक समृद्धि’ : उद्योग सचिव काईराला

उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले ग्रामिण क्षेत्रका वासिन्दालाई उद्यमी बनाएर मात्र मुलकमा आर्थिक समृद्धि सम्भव हुने बताएका छन् ।

बागलुङमा भएको लघु उद्यम विकास मोडिल सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनले स्थानीय परम्परागत सिपलाई लघु उद्यमको रुपमा विकास गरेर व्यवसायिकरण गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

स्थानीय तहमा गरिबी निवारण तथा रोजगार सिर्जनाको लागि लघु उद्याम विकास मोडेल अभिमुखिकरण कार्यक्रम जिल्ला लघु उद्यमी विकास समुह संघले आयोजना गरेको थियो ।

लघु उद्यम विकास कार्यक्रम मेडेपको सहयोगमा भएको अभिमुखिकरणको समन्वय बागलुङ नगरपालिकाको उद्योग विकास समितिले गरेको हो ।

‘परम्परादेखि नै हाम्रो गाउँघरमा कृषि औजार बनाउने, झोला, गलवन्दी बुन्ने जस्ता धेरै सिप छन’, सहभागीलाई सहजिकरण गर्दै कोईरालाले भने, ‘यी सिप भएका स्थानीयलाई निःशुल्क उद्योग दर्ता गर्ने अभियान नै स्थानीय तहमा सञ्चालन गरेर उद्यम विकासलाई अघि बढाउनुहोस् ।’

उनले उद्यमीलाई आयकरमा पाउने छुट लगायत राज्यले दिने सहयोग तथा प्रोत्साहनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्ने बताए । तल्लो तहमा समेत उद्यामशिलता विकास स्थानीय तहको प्रथामिकतामा हुनुपर्ने बताए ।

राष्ट्रिय सूचना आयोगका सचिव यामकुमारी खतिवडा र उद्योग मन्त्रालयका सहसचिव तथा राष्ट्रिय कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास परियोजना निर्देशक प्रदीप कोईरालाले लद्यु उद्यम विकास मोडलको विषयमा बागलुङ नगर कार्यापालिका सदस्यलाई जानकारी गराएका थिए । उनीहरुले उद्योग दर्ता प्रक्रियामा भएको झन्झट हटाएर केन्द्रमा एकद्वार प्रणली मार्फत एकै ठाउँबाट सेवा दिन सुरु भएको भन्दै स्थानीय तहमा पनि त्यो आवश्यक रहेको बताए ।

बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले सुकुम्बासी र अतिविपन्न परिवारको आयआर्जनको कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने बताए ।बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र मेडेपका क्षेत्रीय प्रबन्धक केशव दवाडीले पनि आफ्नो धारणा राखे ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, बानपा–५ का वडा अध्यक्ष शिव सापकोटा, नगरकार्यापालिका सदस्य नवीन किसान, निरबहादुर विक लगायतले उद्यमीका समस्या बारे जिज्ञाषा र गुनासा राखे ।

कार्यक्रम नगर प्रमुख जनकराज पौडेलको अध्यक्षता, याम भुजेलको स्वागत र घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङका प्रमुख विश्वप्रेम ढकालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्