३० बैशाख २०८२, मंगलवार

 

‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा जुट्यो ६० हजार

महावीर पुनले सुरुवात गरेको राष्ट्रिय आविस्कार केन्द्र निर्माणको अभियानमा बागलुङे युवाहरुले पनि साथ दिएका छन् । ‘हाम्रो बागलुङ हाम्रो जिम्मेवारी’ नाम रहेको युवाको एक समूहले ‘महावीरलाई हाम्रो साथ’ अभियानमा ६० हजार रुपैयाँ जुटाएको छ ।

सहयोग संकलन अभियान जारी रहेको अभियानका संयोजक सोम शर्माले बताए । सोमबार पत्रकार सम्मेलन गरेर अभियानमा उठेको सहयोग बारे जानकारी गराउँदै थप सहयोगका लागि अपिल गरिएको छ ।

‘अभियान थालेको ४० दिनमा ६० हजार भन्दा बढी रकम संकलन भएको छ’, शर्माले भने, ‘सहयोगीले उत्साहाजनक नै सहयोग गरेका छन, यो स्वतस्फुर्त हामीले सुरु गरेको अभियान हो ।’

म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई हाम्रो साथ अभियानमा ईच्छुक महानुभावले बागलुङ बजारमा रहेको इमेज सहकारीको ‘महावीरलाई हाम्रो साथ’ नाम रहेको १०४०३०१०००४१८२ नम्बर खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

अभियान समापन पछि एकैपटक हस्तान्तरण गरिने अभियानका संयोजक शमौले बताए । ‘नेपालमा राष्ट्रिय आविस्कार केन्द्र बन्नु सम्पूर्ण नेपालीको लागि गौरवको विषय हो,’ शर्माले भने,‘हाम्रो लागि निर्माण हुने चीजमा हाम्रो पनि स्वयंसेवी लगानी परोस् भन्ने चाहाना हो ।’

यो अभियानमा जिल्लाको छिस्ती घर भई अहिले जापान रहेका सुवास पौडेलले अहिलेसम्मकै सबैभन्दा धेरै ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । बागलुङ बजार घर भै अहिले कोरिया रहेका बाबुराम कार्की, अभियान सहकारी संस्था र क्षेत्री समाज बागलुङले ५, ५ हजार रुपैयाँ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung