३१ बैशाख २०८२, बुधबार

 

यस्तो कारण देखाउँदै पार्टी छोडे नेकपा धौलागिरी ईन्चार्ज पारशमणी केसीले

नेकपाका केन्द्रिय सदस्य तथा धौलागिरी ईन्चार्ज पारशमणी केसीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो फेसवुकमा स्टाटस लेखेर पार्टी छोडेको जानकारी गराएका हुन् ।

फेसवुक स्टाटसमा उनले पाँचवटा वुँदामा कम्युनिष्ट दर्शन, राजनिती, मान्यता लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । अन्तिम वुँदामा उनले राजनीतिक र व्यवहारिक कारणले नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएको जानकारी गराएका छन् ।

उनले भनेका छन्, ‘केही राजनीतिक र व्यवहारिक कारणले आजदेखि नै नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको जानकारी गराउँछु, कम्युनिस्ट राजनीति र सकृयतालाई फरक ढंगले निरन्तरता दिने छु, छ्लफलमा रहेका अरु केन्द्रीय सदस्य र सबै कमरेडहरुसंग सम्वाद जारी रहने नै छ ।’

माओवादी अन्दोलनमा क्रियाशिल उनी पछिल्लो समय विप्लपको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध थिए । उनी प्रखर बक्ता, स्वच्छ छवि भएका तथा निस्वार्थ कम्युनिष्ट नेताका रुपमा चिनिन्छन् ।

उनले नेकपा छोडेसँगै कुनै माओवादीमा लाग्लान् ? की ? स्वतन्त्र नै रहलान् भन्ने चर्चा सुरु भएको छ । उनलाई माओवादी अन्दोलनमा लाग्नेहरुले राजनीतिक रुपमा स्पष्ट र खरो तर्क गर्ने दार्शनिक नेताका रुपमा मान्छन् ।

उनले फेसवुकमा लेखेको स्टाटस यस्तो छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung