
रणस्मृति पुरस्कार तथा शक्ति पुरस्कार प्रदान मंगलबार एक कार्यक्रमको आयोजना गरि प्रदान गरिएको छ । रणस्मृति पुरस्कार संस्थाले आफ्नो २४ औँ बार्षिकोत्सवको अवसरमा यो पुरस्कार प्रदान गरेको हो । रणस्मृति पुरस्कार अघिदेखि नै प्रदान गरिँदै आएको हो भने शक्ति पुरस्कार यस बर्षदेखि सुरु गरिएको हो ।
यस वर्षको शक्ति पुरस्कार एबं सम्मान स्याङ्गजाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ । अधिकारीले साहित्य क्षेत्र¥याएको योगदान स्वरुप नगद रु ८ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरेको थियो ।
अधिकारीका मेरी छोरी कविता संग्रह, बन्दीको मनस्थिति, संकल्प आमा, पश्चिमाञ्चल लोकगीत र परम्परा, अचाङक मनका स्वरहरु, सम्झनाका विम्वहरु, आँधीखोले लोकसाहित्य लगायतका कृतिहरु प्रकाशित भएका छन ।
त्यसैगरी यसवर्षको रणस्मृति पुरस्कारबाट रुद्रे पिपल मावि कक्षा ८ मा अध्यनरत पुष्प पौडेल, सिवानी विक, धविमाविका करिष्मा विक, सपना शर्मा, रामरेखा आधारभुत बिद्यालय कक्षा ५ मा अध्यनरत राजदेब मगरलाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत एबं सम्मानित सबैलाई बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार प्रदान गरे । कार्यक्रममा नगर प्रमुख पौडेलले मुलुकमा लोकतन्त्र स्थापनापछि साहित्य क्षत्रमा पनि धेरै प्रतिभा र क्षमताको उजागर हुँदै गएको बताए । पौडेलले यस्ताखाले पुरस्कारले विद्यार्थीहरुको अध्ययनप्रति लगनशिल बन्न प्रेरित गर्नुका साथै अग्रजहरुको सम्मान एबं साहित्यीक क्षेत्रको बिकास र बिस्तारका लागि महत्वपुर्ण हुनेमा जोड दिए ।
सो अवसरमा सम्मानित व्यक्तित्व विश्वप्रेम अधिकारी, रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष एबं साहित्यकार प्रेम छोटा, स्याङ्गजा वालिङ्ग क्याम्पसका प्रमुख ईन्द्रराज ढकाल, स्याङ्गजाका युवाकवि सञ्जु अर्याल, युवराज ढकाल, समाजसेबी देब बहादुर श्रेष्ठ, रुद्रेपिपल माबिका प्रधानाध्यापक राजेश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी बागलुङ्गका उपशभापति राजेन्द्र आचार्य र पुरस्कृत बिद्यार्थी रुद्रेपिपल माबिका पुष्प पौडेल लगायतले मन्तव्य राखे ।
कार्यक्रम रणस्मृति पुरस्कार संस्थान बागलुङ्गका अध्यक्ष काजिरोशनको अध्यक्षता, सदस्य कृपा पौडेलको स्वागत मन्तव्य र सदस्य सचिव भोज बहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।