२० जेष्ठ २०८३, बुधबार

 

नेपालमै उत्कृष्ट बन्यो ‘बागलुङको बचत तथा ऋण सहकारी संघ’

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङ देशकै उत्कृष्ठ संघ बनेको छ । २०५४ सालमा स्थापना भएको संघ झण्डै २ दशकपछि मुलुककै उत्कृष्ट बनेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनको ३० औं स्थापना दिवसमा काठमाण्डौमा भएको कार्यक्रममा बागलुङलाई नेपालकै उत्कृष्ट संघ घोषणा गरिएको थियो ।

बचत तथा ऋण सहकारी अभियानलाई अघि बढाउन उल्लेखनीय योगदान पु¥याएकोमा बागलुङको बचत तथा ऋण सहकारी संघलाई देशकै उत्कृष्ठ संघ बनेको नेफ्स्कूनका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । नेफ्स्कूनको २६ औं वार्षिक साधारण सभामा संघलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ ।

बागलुङ जिल्लामा स्थापना भएका बचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट छरिएर रहेको पुँजीलाई एकत्रित गरि बचत तथा ऋण सहकारीलाई संगठित गरेर आम्दानीको बाटोमा लाग्न सहयोग पु¥याउन संघ स्थापना भएको हो ।

स्थापनाको १८ वर्षसम्म अपेक्षित प्रगति प्राप्त गर्न नसकेको संघ २०७१ साउनमा भएको तेश्रोे साधारण सभापछि थप सक्रिय रहेको थियो ।
तेस्रो साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको थियो । उनको नेतृत्वमा संघले जिल्लाको सहकारी अभियानलाई अघि बढाएको हो ।

सदस्य संस्था बृद्धि, सञ्चालक, लेखा तथा सुपरीवेक्षण समिति गठनको काम सँगै सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम, गोष्ठि, सम्मेलन जस्ता कार्यक्रमहरु संघले यो अवधिमा गरेको छ । यसरी सक्रियताको ३ बर्षमै बागलुङ देशकै उत्कृष्ठ संघ बनेको हो ।

जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संस्था संघमा हाल बागलुङका ८५ वटा बचत तथा ऋण सहकारी आवद्ध छन । १ करोड १७ लाख बराबरको सम्पती रहेको छ ।

संघले सदस्य संस्थाहरुलाई तालिम तथा क्षमता अभिबृद्धिका साथसाथै संस्थाहरुलाई आवश्यक पर्ने खातापाता र पुँजीको अभाव भएका संस्थाहरुका लागि ऋण लगानी समेत गर्ने गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung