
गलकोट नगरपालिका–१० पाण्डबखानीमा वडासँग सम्बन्धित नगरको बार्षीक नीति कार्यक्रम, बजेट र कारबारे छलफल भएको छ ।
वडा नम्बर–१० का अध्यक्ष तिलक घर्ती मगरकोले वडामा यस पटक विभिन्न योजनामा १ करोड ३५ लाख बजेट परेको जानकारी गराए । उनले बजेट कार्यान्वयनमा पारदर्शीता अपनाईने बताए । वडा सदस्य धनबहादुर थापाले नगरपालिकाले तोकेको करको दर तथा दायराबारे सहभागीलाई बताएका थिए ।
समाजसेवी मानसिह छन्त्यालको प्रमुख आथितियतामा भएको कार्यक्रममा वडाका जनप्रनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकार भएका पक्ष सहभागी थिए । कार्यक्रम वडा अध्यक्ष घर्तीको अध्यक्षता, र रामबहादुर विकको सञ्चालनमा सम्पन्न भएको दीप घर्ती मगरले जानकारी दिएका छन् ।