राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केवि उप्रेतीले संसदमा टेबुल भएको सहकारी ऐन ७५ प्रतिशत सहकारी अभियानका लागि अनुकुल र २५ प्रतिशत प्रतिकुल रहेको बताएका छन् ।
सिवाईसी बचत तथा ऋण सहकारी बागलुङको आठौं क्षेत्रीय वार्षिक साधारण सभाको उद्घाटनमा उनले लामो समयसम्म संसोधनका लागि रुमलीएको सहकारी ऐन पारित हुने दिशातर्फ अगाडि वढिरहेको बताए ।

संसोधित ऐनमा विशिष्टीकृत संघ निर्माण, एक व्यक्ति एक प्रकृतिको सहकारीमा सदस्य, कर्जा सुचना केन्द्रको व्यवस्था, कर्जा असुली न्याधिकरणको व्यवस्था, कालो सुचीको व्यवस्था, स्थिरीकरण कोषको व्यवस्था, संरक्षीत पुँजी कोष अनिवार्य गर्ने जस्ता प्रावधान सकारात्मक भएको उप्रेतीले बताए ।
त्यस्तै १८ प्रतिशतसम्म लाभांसा वितरण, प्रतीनिधिमुलक साधारण सभा, स्थानीय तहलाई सहकारी स्थापना, अनुगमन, नीरीक्षण र खारेजीको व्यवस्था, आयकर गाउँपालीकाका लागि छुट, न.पा.का लागि ५ प्रतिशत, उपमहानगरपालीकाका लागि ७ प्रतिशत र महानगरपालीकाका लागि १० प्रतिशत जस्ता कुराहरु सहकारी अभियानका लागि स्वागतयोग्य रहेको धारणा राखे ।

कायक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी, संस्थाका सल्लाहाकार वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल, सल्लाहाकार समाजसेवी देववहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, विषयगत संघहरुको तर्फवाट तरकारी उत्पादक सहकारी संघका अध्यक्ष पार्वती आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल श्रीस, शेयर सदस्यहरुको तर्फवाट वागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ लगाएतले साधारण सभाका सफलताको शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा नेपालको सहकारी अभियानलाई उचाईमा पु¥याउन तथा सहकारी संस्थाहरुको एकीकरणमा उल्लेखनीय भुमिका निर्वाह गरेबापत संस्थाको तर्फवाट प्रमुख अतीथी उप्रेतीलाई सम्मानपत्रद्धारा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सम्मान गरे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको भवन निर्माण सहयोगार्थ संघका अध्यक्ष श्रीसलाई रु. १५ हजारको चेक हस्तान्तरण गरिएको थियो भने श्री अम्वावती मोतीकला देवी प्रतिष्ठानका लागि प्रतिष्ठानका अध्यक्ष पोषकनाथ सापकोटालाई १ थान स्टेचर हस्तान्तरण गरिएको थियो ।

साधारण सभामा संस्थाको तर्फवाट संस्थाका सचिव रामवहादुर के.सीद्धारा प्रस्तुत आर्थिक वर्ष ०७३।०७४ को प्रगती प्रतिवेदन र ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष विमला गुरुङबाट प्रस्तुत आ.व. ०७३।०७४ को आर्थिक प्रगती प्रतिवेदन तथा ०७४।०७५ को प्रस्तावित आय व्यय तथा कार्ययोजना सवसम्मतीले पारीत भएको छ ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष गितादेवी रेग्मी र सञ्चालक सचिव रामवहादुर के.सी र महिला विकास उपसमिति सदस्य वेमकुमारी थापाले गर्नुभएको थियो । बन्दसत्र समापन पश्चात कार्यक्रममा पुरुष शेयर सदस्यहरुको तर्फवाट शेयर सदस्य राजेन्द्र आचार्य र महिला सदस्यहरुको तर्फवाट विष्णु उपाध्यायले आफ्नो भनाई राखे भने कार्यक्रमको समापन सल्लाहाकार हरिकृष्ण सुवेदीले गरे । साधारण सभाकै अवसरमा संस्थामा नयाँ बनेका ७० जना शेयर सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

प्रदेश नं. ४ कै नमुना बन्दै गएको सहकारीको जिल्लाका विभिन्न ठाउँमा कार्यक्षेत्र रहेको छ । संस्थाले १ वटा केन्द्रिय कार्यालय र ६ वटा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना ५ हजार १ सय ४१ सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा सञ्चालन गरिरहेको छ ।
संस्थामा हाल शेयर पुँजी १५ करोड, संस्थागत कोष ४ करोड, बचत ३१ करोड, लगानीमा रहिरहेको ऋण ४९ करोड र ६१ करोड बराबरको कुल सम्पती रहेको र आगमी १० वर्ष भित्र २० वटा कार्यालय, ५० हजार सदस्य, ४० करोड शेयर पुँजी, ४ अरब बचत, ५ अरब लगानीमा रहिरहेको ऋण, १० करोड कोष, १५० जना पुर्णकालीन कर्मचारी र ७ अरब बराबरको सम्पती पु¥याउने योजना रहेको अध्यक्ष पौडेलले जानकारी गराए ।













































































































































































































