२९ बैशाख २०८२, सोमबार

 

घर जग्गा करमा काठमाडौँ महानगरपालिका पछी हट्यो

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिले तयार पारेको  जग्गा सम्बन्धी करको प्रावधानमा त्रुटि भएपछि महानगरले नयाँ आर्थिक ऐनलार्इ निष्कृय गरेको हो। महानगरले नयाँ ऐनमा केही प्राविधिक समस्या आएपछि अर्का व्यवस्था लागू नभएसम्मको लागि घरजग्गा कर पुरानै ऐन अनुसार संकलन गर्न थालेको छ ।

 सडकलार्इ आधार मानेर घरजग्गा कर उठाइएकाले ऐनमा केही कमजोरी फेला परेका छन् काठमाडौँ  महानगरपालिकाका सुचना अधिकारी  वसन्त आचार्यले  भने । सबै वडाका प्रतिनिधिको सल्लाहमा नयाँ ऐनको कार्यन्वयन स्थगित गरिएको  उनले बताए । ऐनमा त्रुटि देखिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्रभित्र घरजग्गा कर उठाउन रोक लगाएको हो ।
 बजेट बनाउने समयमा घरबहालको सम्बन्धमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि महानगरपालिकाले बुधबार नै एउटा परिपत्र जारी गरी तत्कालको लागि कर उठाउन रोक लगाईएपनि बुधबार बेलुकाबाट पुरानै ऐन अनुसार घरजग्गा कर उठाउन थालिएको महानगरले बताएको छ।
 स्थानीय संसद् अर्थात् काठमाडौँ महानगरपालिकाको नगरसभाले असार ३१ गते आर्थिक ऐन २०७४ स्वीकृत गरेको थियो।
साभार : विकास निमार्ण

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung