४ श्रावण २०८३, सोमबार

 

परदेशीको दशैँ–२ लिएर आए गायक हेमन्त खड्का (भिडियो)

सङ्गीत कर्ममा कृयाशिल गायक हेमन्त खड्काले परदेशीको दशैं–२ गीत सार्वजनिक गरेका छन् । दशैंको मुखमा म्युजिक भिडियोसहित सार्वजनिक भएको गीतमा खड्का र रुचाइएकी गायिका सीता केसीले स्वर दिएकी छिन् ।

कृष्ण आचार्यको शब्द रचनामा तयार भएको गीतमा लय गायक खड्काकै छ भने सङ्गीत संयोजक कृष्ण केसीको छ । दशैं, तिहार जस्ता पर्वमा घर आउन नपाएको प्रदेशीको पीडालाई गीतमा प्रस्तुत गरिएको छ ।

खड्काले गत वर्ष यही समयमा प्रदेशीको दशैं–१ बजार ल्याएका थिए । जुन गीतले युट्युव देखि सञ्चार माध्यममा चर्चा बटुलेको थियो । अहिलेको गीत पनि सार्वजनिक भएकै दिन युट्यव सयौं दर्शकले हेरेका छन् । म्युजिक भिडियोमा रोचक पक्ष त के छ भने खड्काले आफ्नै छोराछोरीलाई अभिनयमा उतारेका छन् । मुख्य भूमिकामा मोडल विशाल कार्की र सोनम मगर रहेपनि सहायक भूमिकामा खड्काका ९ वर्षीय छोरा संगम र ११ वर्षीया छोरी रक्षाले पनि आफ्नो खुबी देखाउने मौका पाएका छन् ।

बाबुले गाएको गीतमा छोराछोरीको अभिनयले गीतलाई थप न्याय गरेको प्रतिक्रिया खड्काले पाएका छन् । म्युजिक भिडियोको निर्देशन भने प्रेम थापाले गरेका हुन् । गायक तथा सर्जक खड्का २०६० सालदेखि लोक सङ्गीतको सिर्जना र जर्गेनमा सक्रिय प्रतिभा हुन् । उनका विभिन्न विधाका दर्जन भन्दा बढी गीत एल्बमहरु सार्वजनिक भएका छन् ।

आर्कषक शरीरका धनी खड्का बेला बखत म्युजिक भिडियोको अभिनयमा पनि देखा पर्छन् । बागलुङको सिगानामा जन्मे पनि खड्कालाई सङ्गीतले देशविदेशसम्म जोडेको छ । ‘पछिल्लो गीतमा थप राम्रो गर्ने प्रयास गरेको छु, सबैले हेरेर, सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा छ’ खड्काले भने । विदेशिएका नेपालीहरुको पीर व्यथालाई समेटेको ९ मिनेट १८ सेकेन्डको गीतले सबैको मन छुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung