बैदेशिक रोजगारको सिलसिलामा जापान रहेका काठेखोला गापा ५ श्रीपाली निवासी रोमनाथ कँडेलले नव युवक आधारभुत बिद्यालयको भवन निर्माणको लागि १ लाख ५ हजार ५ सय ५५ सहयोग गरेका थिए । यस विद्यालयका पूर्व विद्यार्थी रोमनाथले भविष्यमा थप सहयोग गनर्ने प्रतिबद्धता जनाएका छन ।
काठेखोला गाउँपालिका ५ बिहुँ का नवयुवक आधारभूत विद्यालयले वाल दिवसको अवसर पारेर विविध कार्यक्रम गरेका थिए ।
सो अवसरमा शिक्षकहरु राम प्रसाद कडेंल र कृष्णप्रसाद कडेंल को बिदाइ गरिएको थियो । यस्तै काठेखोला गाउँपालिका ५ का जनप्रतिनिधिहरुलाइ सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिका ५ का संयोजक शिवप्रसाद कँडेलले आंफु वार्ड सयोंजकमा रहुन्जेल बिद्यालयलाई सहयोग गर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक राजेन्द्र सापकोटा र सञ्चालन शिक्षक अम्मराज सेजुवालले गरेका थिए ।
यसैगरि वाल दिवस कै अवसर पारेर काठेखोला गापा ५ का स्वर्गिय पशुपति सापकोटाको स्मृतिमा राजु सापकोटाले बिद्यार्थिहरुलाई ८ हजार बराबरको शैक्षिक सामाग्रि हस्तान्तरण गरेका थिए ।






























































































































































































