
जिन्दगी नै कतै छोडेर
जिन्दगी खोज्न हिंडेको म
सन्त्रासहरुको बिचमा उभिएर
मुकदर्शक बन्दै
मोबाईलको स्क्रीनमा आउने अलर्ट हेर्छु
अनि सम्झन्छु घर परिवार,
ऋणको चिन्ताले धर्सा कोरेको बाबाको अनुहार,
फाटेको चोलिमाथि छोराको दुख सम्झेर
दयाले भरिएको आमाको मुहार
अनि आउछन धेरै सोचहरु
सुनामिले ल्याएका छालहरु जस्तै
र मनले भन्छ
मेरो जिन्दगी भेटिएन भने पनि
म आउँदा काडेको ऋण मेटिएन भने पनि
जेनतेन सम्हालिनु है बाबा आमा
किनकी
म भुकम्पहरुको देशमा छु ।
म सुनामिहरुको देशमा छु।
म ताइफुहरुको देशमा छु ।
म मिसाइलहरुको देशमा छु
सोचमा डुबिरहेकै बेला
झस्काउछ अर्को अलर्टले
फेरी सम्झन्छु घर परिवार
संगै जिउन मुटु साटेको मान्छेसँग छुट्टीदा
करुणाले भरिएको श्रीमतीको अनुहार
बाबाको साहारामा भबिस्यको बामे सरिरहेका
अबोध छोरा छोरीको मुहार
अनी आउछन धेरै सोचहरु
मिसाइलका तरंगहरुजस्तै
र मनले भन्छ
मेरो जिन्दगी भेटिएन भने पनि
म आउँदा काडेको ऋण मेटिएन भने पनि
जेनतेन सम्हाल्नु र सम्हालिनु है
किनकी
म भुकम्पहरुको देसमा छु ।
म सुनामिहरुको देसमा छु।
म ताइफुहरुको देसमा छु ।
म मिसाइलहरुको देसमा छु ।
कतै छोडेर अन्यत्रै खोजिरहेको यो जिन्दगी
सुनामिको छालमा हेलिएको हेलिएइ हुन सक्छ
भुकम्पले थच्किएका भग्नाबसेसमा पेलिएको पेलिएइ हुन सक्छ
ताइफुको तेज झोक्काले कतै दुर ठेलिएको ठेलिएइ हुन सक्छ
मिसाइलका बिकिरणहरुले जेलिएको जेलिएइ हुन सक्छ
त्यसैले
मेरो जिन्दगी भेटिएन भने पनि
म आउँदा काडेको ऋण मेटिएन भने पनि
जेनतेन सम्हाल्नु र सम्हालिनु है
किनकी
म भुकम्पहरुको देसमा छु ।
म सुनामिहरुको देसमा छु ।
म ताइफुहरुको देसमा छु ।
म मिसाइलहरुको देसमा छु ।