जनता भएपछि राज्य हुन्छ र राज्य भएपछि सशस्त्र सेना हुन्छ भन्ने कुरा त प्रारम्भिक रानैतिक ज्ञानको कुरा हो । मोनाको जस्ता केही खास खास मुलुकहरुमा बाहेक झण्डै सबैजसो मुलुकहरुमा ठुलो बा सानो , आफ्नो आत्म प्रतिरक्षाको निम्ति आफ्नै राष्ट्रिय सशस्त्र सेना हुन्छ । कैयौ साना र कमजोर राष्ट्रहरुले उपनिवेशवादीहरुका केही तोप गोलाको वर्षाको धम्की हाउने बित्तिकै आफ्नो सार्वभौमिकता समर्पण गरेको र शयौ वर्षसम्म उनीहरुको दास बन्न बाध्य भएको कारण के हो भने ती राष्ट्रहरुसित सशस्त्र सेना थिएन , कि त निकै कमजोर सेना थिए ।
रि वंशको सशस्त्र सेना पनि निर्मुल पारिए , मुलुकको रक्ष ागर्न त्यो समर्थ थिएन । विद्रोहहरुलाई दबाउन भन्ने त्यस्तो निर्मम भएको यो सशस्त्र सेनाले केही समयसम्म विदेशी आक्रमणकारीहरुलाई गाली गरिरह्यो । तर एक चोटि पनि तोप प्रहार नगरीकन त्यसले आत्म समर्पण ग¥यो । हाम्रो मुलुक खतम भएको कुराको कारण पनि यही असक्षम सशस्त्र सेना र साथै भ्रष्ट सरकार हो भनी भन्न सकिन्छ ।
मुलुकको सार्वभौमिकता फेरि प्राप्त गर्नको लागि कोरियाका देशभक्तहरुले स्वाधीनता सेनाको गठन गरे । आफ्नो सार्वभौमिकता खोसिएको राष्ट्रले सार्वभौमिकता फेरि प्राप्त गर्नको लागि आफ्नो सशस्त्र सेनाको गठन गर्नु अवश्यमावी छ । राष्ट्रवादीहरुले स्वाधिनता सेना गठन गरेर धेरै वर्षसम्म सशस्त्र प्रतिरोध चलाए , र कोरियाली कम्युनिष्टहरुले गेरिल्ला सेनाको संगठन गरेर जापानी साम्रज्यावादी आक्रमणकारीहरु माथि कडा प्रहार गरेका थिए । जापान विरोधी सङ्घर्षको लामो अभियान शुरु गरेको हाम्रो सानो गोप्य सेनाले अहिलेसम्ममा जियान्दाओको प्रत्येक जिल्लमा एकएक वटा रेजिमेण्ट फौज भइसकेको सेनाको रुपमा विकसित भइसकेको थियो ।
शुक्रद्धारा गरिएको हिउदे सजाय दिने कार्यवाहीलाई परास्त पारिसकेपछि हामीले जापान विरोधी जन छापामार सेनालाइै पुनर्गठन गरी जन क्रान्तिकारी सेनामा परिणत गर्नु पर्ने आवश्यकता निकै चर्काेसित महसुस ग¥यौ र हामीले अरु क्षेत्रहरुका गरिल्ला टुकडीहरका कमान गर्ने अफिसरहरुसित यो कुरा निकै गम्भीर रुपले छलफल ग¥यौं । विधमान परिस्थितिको दृष्टिले विभिन्न जिल्ला हरुका गरिल्ला रेजिमेण्टहरुलाई विलय गरेर एउटै कमान अन्तर्गत ल्याउने कुरा निकै जरुरी आवश्यकता थियो ।
जापान विरोधी जन छापामार सेनाको स्वाभाविक क्रम पनि थियो । जापान विरोधी जन छापामार सेनालाई पुनर्गठन गरी कोरियाली जनक्रान्तिकारी सेनामा परिणत गर्ने काम यस्तो क्रान्तिकारी कदम थियो । जसले बिस्तृत पार्रिको गरिल्ला फौजहरुलाई एकीकृत कमान प्रदान गरेर सेनाको लड्ने क्षमता उन्नत पाथ्र्याे र जापानी साम्राज्यावादीहरुको विशाल स्तरको हमलालाई बढी प्रभावकारी रुपले सामना गर्न सम्भव पाथ्र्याे । मिङ्ग्युएगोउमा भएको बैठकमा ठुलो क्रान्तिकारी सेना बनाउने आवश्यकता हाम्रो छलफलको विषय बन्यो ।
त्यहा जापान विराधी जन छापामार सेनाको भविष्यबारे छलफल गर्दा हामी के कुरामा सहमत भयौ भने शरुको चरणमा हामीले गरिल्ला बटालियनहरु संगठन गर्ने केही समयसम्म तिनीहरुको परिमाण र गुण बढाउने र अनि ठीक समयमा तिनीहरुलाई पुनर्गठन गरी अझ ठुलो क्रान्तिकारी सेनामा परिणत गर्ने गर्नु पर्दछ । हुन त यो कुरा त्यस बैठकमा छलफलको प्रमुख विषय थिएन । तैपनि बैठकभित्र र बाहिर पनि सहभागी प्रतिनिधिहरुले क्रान्तिकारी सशस्त्र सेनाको भविष्यबारे गरमागरम बहस गरे। ठुलो क्रान्तिकारी सेना बनाउनु पर्छ भन्ने विचारको सबभन्दा उत्साही समर्थकहरु ओ पनि र पाक हुन थिए ।
औपनिवेशिक वा अर्ध औपनीवेशिक मुलुकहरुको सामान्य प्रचलन त के हो भने प्रतिरोधको सशस्त्र सेनालाई शरुमा सानो स्तरमा संगठन गर्ने , विस्तारै गोप्य रुपले बढाउदै लाने र परिस्थिति पाको भएपछि एउटै एकीकृत कमानमा ल्याउने । शुरुको चरणमा मेक्सिकोको प्रवासबाट फर्कदा फिदेल कास्त्रोको टुकडीमा ८२ जना मात्र सिपाहीहरु थिए , त्यसमध्ये १२ जना मात्र बाचिरहन सके । यी मानिसहरु सात वटा बक्दुक लिएर सिएरा माएस्त्रा पर्बतमा गए, आफ्नो पंक्ति विस्तृत पारेर आफ्नो शक्ति बढाउदै लगे र अनि अवानमा आक्रमण गरेर आकासबाट चम्किने बिजुली झै छिटो गरी बातिस्ताको अमेरिका समर्थक तानाशाही शासनलाई गिराए ।
शत्रुको हिउदे सजाय दिने कार्यवाहाीलाई परास्त गर्नको लागि चलाइएकाृ अपरेशन माचनबाट तथा दशौ हजार वर्ग मिल भुमिको रक्षाको लागि लडिएको वीरतापुर्ण लडाइबाट सिकेका पाठहरुको फलस्वरुप सन् १९३३ को वर्षको पछिल्लो आधा अवधिमा जियान्दाओमा रहेका गरिल्ला फौजहरुलाई विलय गरेर एउटै एकीकृत कमानमा ल्याउने कुरा छलफलको प्रमुख विषय हुन गयो । अपरेशनको पुनरावलोकन बैठकमा के भयो भने श्याओवाङचिङको प्रतिरक्षाको निम्ति ९० दिनसम्म लडिएको लडाइमा हाम्रो साथमा रही लडेका दास्रो र तस्रो कम्पनीहरुका कमाण्डरहरुले होइन , वरु अपरेशन संचालन गरिएको इलाकादेखि धेरै पर रहेका कम्पनी कमाण्डर हान हुङ ग्वोनले विभिन्न कम्पनीहरुको वीचमा सहयोग स्थापना गर्ने र एकाइहरुलाई विलय गरेर एउटै पार्ने आवश्यकताबारे निकै उत्सासाथ बाले ।
हान हुङ ग्वोनले के भन्यो भने अपरेशन माचुनमा उनको कम्पनीिको दायित्व शत्रुद्धारा लाओयेलिङ पार गरेर पुर्वी मञ्चुरियामा अगाडि बढ्ने सम्भावनालाई रोक्ने थियो, तर उनको कम्पनीले शत्रुको विरुद्ध एउटा पनि लडाइ लडेन , लडिरहेको मुख्य फौजलाई कुनै सहायता दिन सकेन । अर्थात उनको भनाइ के थियो भने गेरिल्ला क्षेत्रहरुमा शत्रुको सजाय दिने हमलाको समयमा उसको सेनाले शत्रुलाई पछाडिबाट हमला गर्न पर्नेमा त्यस्ता गर्न सकेन । मैले उसको भाषण सुनिरहदा निकै विचार गरे । उसको भाषमा आत्म आलोचना थियो , तर उनको कुनै प्रकारको पनि देष थिएन । उन िएक सक्षम कमाण्डर थिए । उनले आफ्नो दायित्व जिम्मेवारी पुर्वक पुरा गरेको थियो ।
उनले आफलाई लगन नभएको क्रात्किारी सिद्धान्त र सूक्ष्मदर्शिता नभएको कमाण्डर भनी किन आलोचना ग¥यो । छोटकरीमा भनौ उनले त्यस पुनरावलोकन बैठकमा बोल्दा के कुरा जोड दिन खोजिरहेको थियो त ? उनले आफुलाई दुरदर्शिता नभएको भनी दोष दिंदा मैले उनीभन्दा माथिल्लो पदको मानिसको हैसियतले अपरेशन माचुनबाट गम्भीर पाठ सिके । सिकेको पाठ के थियो भने सदा बदलिरहेको लडायको परिस्थिति अनुरुप कम्पनीहरुका बीचमा सुचारु रुपको सहयोग कायम राख्नको लागि पर्याप्ट रुपमो कमान र कर्मचारी संरचनाको आवश्यकता पर्दछ र यसको लागि एकीकृत कमान पद्धति चािहन्छ । आखिर उनको राय के थियो भने जापानी विरोधी जन छापामार सेनालाई विलय गरी एउटा सुव्यवस्थित कमान पद्धतिमा परिणत गर्नु पर्दछा ।
शत्रुको आक्रमणलाई विफल पार्ने लडाइको अवधि भरि नै गेरिल्लो सेनाले धेरै ठाउहरुमा अलग अलग कार्यबाही गर्दै अलग अलग नै लडे र आफेना छिमेकिहरुसित कुनै सहयोग गरेनन् , उनीहरुबाट कुनै मद्दत लिएनन् । उदाहरणको लागि हेलोङ जिल्लामा शत्रुले सन् १९३३ को नोवेम्बर महिनाको शरुमा युलाङचुन स्थित गेरिल्ला आधार क्षेत्रलाई सफचट पार्ने कार्यबाही शुरु गरेको थियो रे । शत्रुको पहिलो प्रयासलाई केही समयसम्म भयङकर प्रत्युतर आक्रमणले रोकेको थियो उसको दोस्रो सजाय दिने कार्यबाही चाहि नोवेम्वरको अन्तदेखि तीन दिनसम्म मात्र रहेको थियो । त्यहा तिनीहरुले गरेको लडाइ यत्तिकै मात्र थियो । कार्यवाहीको समयले दखाए अनुसार युलाङचुनमा गरेको शत्रुको सजाय दिने कार्यबाही उसले श्याओवाङ्गचिङमा गरेको हमलाभन्दा १५ दिन पहिले शुरु गरेको थियो ।
यदि त्यसबेला लडाइमा नफसेका अरु जिल्लाहरुका गरिल्लाहरुले पारस्पारिक सहायताको सिद्धानतको आधारमा शत्रुको पछिल्लो पंक्तिमा हमला गरिदिएको भए युलाङचुनका गेरिल्लाहरुले शत्रुलाइ पछि हटाउन अझ बढी सजिलो पर्दथ्यो । यान्जि र हुन्चुन जिल्लाहरुको परिस्थिति पनि करीव उस्तै थियो । यसको अर्थ के हो त ? अलि ढिलै भए पनि यसले के देखायो भने गरिल्ला क्षेत्रहरुमा विभिन्न समयमा शत्रुद्धारा आक्रमण हुन सक्ने हुनाले सबै गरिल्ला क्षेत्रहरु र जिल्लाहरुमा रहेका गरिल्ला एकाइहरुको निम्ति एउटा एकीकृत कमान र कर्मचारी व्यवस्था भएमा मात्र सबै गरिल्ला सेनाहरुले सक्षम सहयोगद्धारा आफ्ना कार्यबाहीहरु समन्वित गरेर आफ्नो सङघर्षलाई अरु बढी सजिलो पार्न सक्दथे ।
तैपनि , त्यस बेलाको परिस्थितिमा गेरिल्ला एकाइहरु प्रत्येक जिल्ला र इलाकाहरुको संरचनाभित्र निर्देशित हुनाले यस्तो स्वेच्छाको सक्रिय सहयोग असम्भव थियो । त्यसकारण शत्रुको हिउदे सजाय दिने अपरेशनको समयको गरिल्ला सेनाको कमान पद्धति समयको आवश्यकताको कारणले सीमित मात्र थियो । त्यस समयसम्म गरिल्ला एकाइहरु विभिन्न तहका पार्टी समितिहरुका सैनिक विभागहरुका कमान अन्तर्गत थिए । प्रत्येक जिल्ला मा एक दुइ वटा मात्र कम्नीहरु रहेको बेला गरिल्ला आन्दोलनको शुरुका दिनहरुमा लडाइ सानो स्तरमा लडिने हुनाले यसरी सेनालाई जिल्ला र इलाकाको आधारमा कमान गर्ने पद्धति त्यति खराव थिएन ।
तर गेरिल्ला सेनाको पंक्ति विस्तृत हुदै गएकोले र शत्रुका सजाय दिने सेना पन शयौको संख्याबाट बढेर दशौ हजार पुगे पछि त सानासाना स्गरका लडाइहरु मात्र लडिरहु भन्न असम्भव हुन गयो । लडाइ भनेको दुइटा जुभिरहेका सेनाहरु मध्ये एक पक्षको राजाइ अनुसार मात्र लडिदैन । शत्रुले आफ्नो फौजलाई लागातार सुदृढ पार्दे लगेर हामीलाई लड्न चुनौति दिइरहेको बेला हामीले शत्रुसित नलडी सुखै भएन । शत्रुले कहिले त्यो काहिले त्यो डिविजन यो बृगेड र यो वा त्यो रेजिमेण्टलाई परिचालन गरी विभिन्न दिशाबाट ठुलो संख्यामा हामीलाई हमला गरिरहेको बेला हामीले चाहि यो त्यो खाल्डो मा छरिएर बस्यौ र हाम्रो फौजालाई संयुक्त नगरिकन वा हाम्रा छिमेकिहरुलाई मद्धत नगरिकन हामीले लडाइ लड्यौ के त हामीले भविष्यमा पनि यस्तै तरिकाले लडिरहन बाध्य हुनृ र ?, कुनै ठुलो शहर वा नगरमा धावा बोल्दा भने हामीले प्रत्येक जिल्लाबाट मानिसहरु छानेर लिई हाम्रो फौज केन्द्रित पार्दछौ भने प्रतिरक्षात्मक लडाइ मात्र एउटा जिल्लालाई वा गरिल्ला क्षेत्रलाई हम्रो सेनाको एकाइ बनाएर लड्नु पर्ने किन ? अपरेशन माचुन भन्दा पहिले र पछि मेरो मनमा नछोडिकन आइरहेको विचार यो थियो ।
छोटकारीमा भनौ गरिल्ला आन्दोलनको लागि आन्दोलनको विषय सार र क्षेत्र अनुरुपमो एउटा नया रुपको सशस्त्र सेनाको आवश्यकता थियो । विभिन्न जिल्ला र इलाहरुमा छरिएर रहेका सेनाका एकाइहरुलाई एउटै पद्धति अन्तरर्गत ल्याउनको लागि हामीले मुलभुत कदमहरु उठाउनु पर्दछ । यो आवश्यकता पुरा गर्ने सवभन्दा छिटो बाटो नै जापान विरोधि जन छापामार फौजहरुलाई विलय गरि एउटै ठुलो क्रान्तिकारी सेनामा परिणत गर्ने थियो । आयोयिङगोउ स्थित कम्पनीका कमाण्डरले पठाएको चिट्ठीले पनि यही कुरा भन्न खोजेको थियो ।
परिस्थितिले गर्दा कमाण्डर अपरेशन माचुनको सार खिच्ने वैठकमा उपस्थित हुन सकेन त्यसकारण उनले आफ्नो कम्पनीको कामको पुनरावलोकन एउटा चिट्ठीमा लेखी माचुनमा चिट्ठी पठायो । कम्पनी कमाण्डरका अर्दल ीओ जिन उ ले त्यो चिट्ठी हामीकाहाँ लिएर आयो । अपरेशन माचुनको पुनरावलोकन गर्दा मैले जापान विरोधि जन छापामारा सेनालाई मिलाएर एउटै बनाउनृ कुरामा गहीरो विचार गरे । मैले जु जिन ¥याङ सोङ ¥याङको घर गए र त्यहा गिटार वजाए । म खुशी भएकोले वा चिन्तामुक्त भएकोले गिटार बजाएको होइन । साचो कुरा भनौ भने त्यस बेला म दिकदार भएको थिए । अपरेश माचुन हाम्रो जित भएर अन्त भए पनि गरिल्ला क्षेत्रहरुमा हृदय विदारक पीडाका घटनाहरु भएका थिए ।
हामीसित जिन्दगी र भाग्य संगसगै भोगेका धेरै मानिसहरु मारिएका थिए ।
भग्नावशेष भएकाृ ठाउमा फेरि घरहरु बनाउन र नया जीवन शुरु गर्न सजिलो थिएन । म सैनिक मामलाबारे छलफल गर्न ¥याङ सोङ ¥योङकहाँ जादाँ उनलृ अँध्यारो मुख लिएर मलाई स्वागत गरे । हिजोका बटालियन कमाण्डर अझै पनि रिसले चुर भइरहेको थियो । किनभने उसलाई मिन्साएङदान को सदस्य भन्ने झुटो अभियोगमा थुनेको रहेछ । हामिले जमानत वसिदिएकोले तिनलाई कैद सजाय तरदिइएन त दिइएन तर पनि तिनलााई पहिलेको पदमा पुनस्र्थापना परिएन । उनले श्याओवाङ्गचिङ र लोउजिगोउका बीचमा खाद्यान्न प्राप्त गर्न कार्यबाही चलाइरहेको थियो । शत्रुद्धारा गरिएको सफा गर्ने कार्यबाहीमा उनको स्वास्नी र आमाा मारिएपछि उनी एकदम नबोलीकन चुपचाप रहने मानिस बनेको रहेछ । मैले ठुलो स्तरको क्रान्तिकारी सेना संगठन गर्ने कुरा उठाउदा उनले तुरत्त मुख उज्याले पारेर विशेष उत्साह देखायो । उनले भन्यो । मेरो विचारमा मुख्य प्रश्न नै यी विभिन्न युनिटहरुलाई कसरी जोडेर एक पार्र्ने भन्ने हो ।
उनले मसित सहमत भएकाृ वा असहमत भएको हो केही पनि भनेन तर सेना जोडेर एक पार्ने सम्भा उपायहरु र तरिकाहरुलाई छलफलमा ल्याएर मेरो कुारामा समर्थन देखायो । उनलाई सवभन्दा पीर लागेको कुरा के थियो भने मिन्साएङदान विरोधी सङ्घर्ष चलाउन अति अत्सुक आफुलाई ठुलो ठान्ने केही अतिवादीहरुले त्यो विचारलाई स्वीकार नगर्ने हो कि भन्ने ।
उसले यसबारे चिन्ता लिनु कुनै आश्चर्यको कुरा थिएन । कोरियाली कम्युनिष्टहरु एकदम दुःखद स्थितिमा परेको यही कुरा थियो र त्यसबेलाको विशेष परिस्थितिको आवश्यकता कठिनायहरलाई होसियारीसाथ सुझुबुझ पु¥याएर हटाउनु पर्ने थियो । ती दिनहरुमा कम्युनिष्ट आन्दोलानका र राष्ट्रिय मुक्ति सङ्घर्षमा सबै समस्याहरुलाई मुल्याङ्कन गर्नको लागि उनीहरुको आफ्नोे सिद्धान्तको आाधारमा र उनीहरुको आफ्नेै मापदण्ड अनुसार तयार पारिएको अन्तराष्ट्रिय कार्यदिशा आधिकारिक भनी हामीमाथि लादिएको थियो । र तथाकथित वर्गहित र अन्तर्राष्ट्रिय एकवद्धता भन्ने नाममा राष्ट्रिय परम्पराहरु र आकांक्षाहरुलाई राष्ट्रवादी प्रवृति भनेर कडा आलोचना गरिन्थ्यो ।
यस्तो परिस्थितिमा विदेशी मुलुकमा बसेर आफ्नो क्रान्तिको निमार्ण गरिरहेका कोरियाली कमयुनिष्टहरुले आफ्नै स्वाधीन सशस्त्र सेना स्थापना गर्ने योजना कार्यान्वित गर्नु सजिलो थिएन । जु जिनले पनि जापान विरोधी जन छापामार फौजहरुलाई मिलाएर पुनर्गठन गरी एउटै ठुलो क्रान्तिकाी सेनामा परिणत गर्ने विचारको समर्थन ग¥यो । मैले यो कुरा उठाउने वित्तिकै खुला ह्रदयको र उदार मनको जु जिनले बडो जोडले संकेत दियो र हामीले हाम्रा टुकडीहरुलाई जोडेर एक पारी ठुलठुला लडाइहरु लड्नु पर्दछ भनी भन्यो ।
ठुला लडाइहरु भन्ने उनका शब्दहरुबाट म निकै खुशी भए । जियान्दाओका कोरियाली जनताद्धारा प्रेम गरिएको र आफुमध्युकै झै ठानी माया गरिएको एक वीर व्यक्ति जु जिनको मुखबाट यस्ता शब्दहरु सन्न पाउनु निकै आनन्द लाग्ने कुरा थियो । उनले के पनि भन्यो भने कोरियालीहरुले आफ्ना सशस्त्र टुकडीहरुलाई मिलाएर एउटा स्वधीन क्रान्तिकारी सेनाको गठन गरे भने उनीहरलाई क्रान्तिलाई कोरियातिर फैलाउन खोजेको भनी दोष दिइने छ तर कोरियालहिरले यस्ता दोपारोपणहरुलाई कुनै वास्ता नगरी सकभर छिटो यो कामलाई अगाडि बढाउनु पर्दछ ।
कोरियाको क्रान्ति भनी मात्र उच्चारण गर्दा पनि त्यसलाई राष्ट्रवाद भनी दोष लागाइने समयमा ताङ चाङ राङको मुल्याङ्कन निकै जायज र प्रगतिशील थियो । उनले सही रुपले भने झै दक्षिण मञ्चुरियामा रि हाङ ग्वाङ र रि तोङ ग्वाङ र उत्तर मञ्चुरियामा हो ह्योङ सिक , किम छेक , रि हाक मान र छ्वे योङ कुन जस्ता कोरियाली कम्युनिष्टहरु र साथै पुर्वी मञ्चुरियाका अरु पनि कोरियाली कम्युनिष्टहरुले मञ्चुरिया क्षेत्रमा पार्टी संगठनहरु निर्माण गर्न नेतृत्व गरे झै उनीहरुले त्यस ठाउमा सशस्त्र सेना निर्माण गर्न अग्रगामी प्रवर्तक र नेताको भुमिका लिएका थिए । र सशस्त्र सेनाका कमण्डिङ अफिसरहरु र जवानहरुमध्ये अत्यधिक संख्या कोरियाली कम्युनिष्टहरु थिए ।
ताङ चाङ राङले मलाई के सल्लाह दियो भने यसरी सेनाको गठन गर्दा हामीले हाम्रो र चिनिया कम्युनिष्टहरुको बीचमा एकले अर्काेलाई समर्थन गर्ने एक अर्काेको पुरक बन्ने र उनीहरुसित हाम्रो सहयोग सुदृढ पार्ने सही तरिका र उपाय प्रयोेग गर्नु पर्दछ र यसो गरेमा हामीले कोरिया र चीन दुर्वैलाई फायदा पु¥याउने छौ ।
कोमिन्तर्नको कार्यदिशासित मिल्ने सही नीति हो भन्दै हाम्रो विचारलाई पुर्ण रुपले समर्थन ग¥यो ।
साभार किम इल सङसंस्मरण शताब्दीका साथ ३ पुस्तकबाट





























































































































































































