
महान चाड बडा दशैं तथा तिहार नजिकिए सककगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ । पछिल्लो समयका चर्चित लोक गायक ईश्वर सिंहको दशैं कोशली फुल्यो होला मखमली बजारमा आएको छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ ।
गाउँ शहरका विभिन्न रेडियो, संचारमाध्यममा गीतले चर्चा पाईरहेको छ । नेपालीहरुको महान चाड बडा दशैको अवसरमा पारेर परदेशीको कथामा आधारित उक्त गीतलाई श्रोता तथा दर्शकको माया बटुल्न सफल भएको हो । शव्द सृजना पछिल्लो समयमा फरक पहिचान बनाउन सफल सर्जक राम खत्रीले गरेका छन । पदम खत्रीको लय रहेको गीतमा चर्चित लोक दोहोरी गायिका देवी घर्ति मगर र इश्वर सिंहको साथमा योगेन्द्र सापकोटाको सुमधुर आवाज रहेको छ ।
आफ्नो जन्मभुमी छाडेर धेरै सपना बोकेर परदेशीएको नेपालीले चार्डवाड आउदा मनमा लाग्ने पिडा लगायतका विषयलाई गीतमा समावेश गरिएको छ भने म्युजिक भिडियोमा पनि दृश्य देख्न सकिन्छ । विमल केसी र टिना श्रेष्ठको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निदेर्शन बिक्रम चौहान र प्रकाश खडकाले छाँयाङकन गरेका छन् ।
लोक कला संस्कृति झल्कने दर्जनौँ गीत बजार ल्याई आफनो छुट्टै पहिचान बनाउन सफल गायक सिंहले जब चाडवार्ड आउककछ घर परिवार अनि देशको माया मनमा उकुसमुकुस भएर आउने गर्दछन ती यथार्थलाई गीतमा समावेश गरिएको जानकारी दिए ।उनका यानी माया, साइली पञ्चेबाजा, झ्याउरे लगायतका दर्जनौ गीतहरु बजार चर्चित छन ।