
मर्नेहरुलाई छिट्टै नबिर्सिदेउ
काशीलाई बलिरहन देऊ
भारतीय दुतावासका सांस्कृतिक सहचारी डा. सुमनले हामीलाई भोलिपल्ट बिहान भटे । उनी हिन्दी साहित्यका नाम चलेका कविमध्ये एक हुन् । ठुला जीउ भएका मुस्कानले भरिएको गम्म ठुलो मुहार बीचबाट सिउँदो चिरिएर पछाडि फर्काएको कालो बाक्लो कपाल भएका व्यक्ति थिए उनी । केही थाहै नदिइकन उनी हाम्रो निवासमा आए । बेतालसँग पछि लागेका थिए पन्नालाल । यसरी उनी आएर आफ्नो हात मतिर फेलाउँदै भने , आखिर दुई कविको भेट भई छाड्यो ।
मैले स्वीकार गरेँ , उनले आफ्नो परिचय दिएपछि खास कुरा गर्नमा उनले केही ढिलाई गरेका थिए । म यात्राले थाकेको हुनाले अलिक उदास थिएँ । तपाई यहाँ कति बस्नुहुन्छ ? सुमनले सोधे ।
वेदलाई भोलिपल्ट कलकत्ता पुग्नु थियो कारण हर्वार्ड फर्किन जहाज भ्याउनुपर्ने थियो ।
हरे कस्तो बेमज्जा । तर आज बुलुकी धेरै कविहरु भेटिन्छन् । म सबै नेपाली लेखकहरुलाई मकहाँ डाक्ने छु र तिनीहरुका कविताहरु सुन्न सकिन्छ । तपाई रक्सी पिउन मन पराउनुहुन्छ होलानि , हैन ? हो मैले भने ।
राम्रो कुन कविलाई मन पर्दैन र । उनले अगाडि भने म तपाईलाई राजदुतकहाँ लिएर जान्छु , उहाँले तपाईलाई भेट्न खोज्नुभएको छ ।
नचाहे पनि हामीले लुगा लगायौ , र सुमनको कारमा बस्न गयौ । यो एउटा ठुलो बुइक गाडी थियो र खुशी हुँदै उनले गाडि हाँके , वेला वेलामा स्टेरिङ्ग चक्काबाट हात झिक्दै उनी सकेसम्म हामीलाई बताउदै अघि बढ्थे ।
तपाईले देवकोटालाई भेटे हुन्थ्यो । उनी नेपाली लेखकहरुमध्यका महान् लेखक हुन् । तर विचरा उनको आत्म क्यान्सरको अध्यारो पखेटा उडेर गइरहेको छ । उनले मेरो घुँडामा धाप मार्दै कराए , कस्तो लाग्यो मेरो कुरो ?
शरहको मास्तिर राजदुत बस्दछन् ,ठुला बराण्डा र गुलाबका बगैँचाले घेरिएको घरमा । बरण्डमा उनले हामीलाई चियापानी दिए , ड्याक्सहुण्ड्स कुकुरहरुका झुण्ड आएर हाम्रो खुट्टावरिपरि आसन जमाए , ग्लेशेष्टर शायरस्थित जुलियनको घरमा खाएको चियाको जस्तो अनुभति भएको थियो । राजदुत अलिकति चित्र कोर्ने र मुर्ति कुँद्ने कार्य पनि गर्दा रहेछन् । सुमनले मलाई वरिपरी घुमाएर घर देखाए , मलाई उनका कलाकृतिहरु सुरुचिपुर्ण तरिकाले फ्रेम हाली घरको प्रत्येक भित्तामा टाँगिएको अनि कुनै कुनै छेउछाउको टेबलमाथि ठड्याएको थियो ती सबै देखाए । त्यहाँ मुस्कानसमेत दर्शिएको थियो ।
हामी बरण्डामा आउदाँ राजदुत डिकेन्सको बारेमा वेदसँग कुरा गर्दै थिए । आखिर उनी आकर्षक र प्रसंग मिलाउने गरी मतिर फर्किए र भने मैले बुझेअनुरुप डा.सुमनले आज बेलुका तपाईले भेटघाट नेपाली लेखकहरुसँग गर्ने व्यवस्था गरेका छन् । तर खेदको कुरा तपाईले देवकोटालाई भेट्न सक्नुहुन्न ।
हामीले उहाँको बारेमा प्रशस्त सुनका छौ वेदले भने । उहाँले लेखेका कृतिहरु अंग्रेजीमा पाइन्छ ?
उहाँ आफैले केही चीजहरु अनुवाद गर्नु भएको छ । सुमनले भने । वास्तवमै एक महान् व्यक्ति भलाद्मी पाराले राजदुतले आश्वस्त हुदैँ भने । यो महा दुख को कुरा हो , उनी मर्न लागेका छन् । नेपालकी राजमाताले रुसमा उहाँको उपचार गर्न जाने खर्च व्यहोर्ने कुरा एक महिना अगाडि मात्र बताउनु भएको थियो तर त्यतिन्जेल ढिला भैसकेको थियो , अब चिकित्सकहरुले दुई दिनको समय दिएका छन् । उहाँ अहिले कहाँ हुनुहुन्छ ।
अस्पतालमा राजदुतले भन्नुभयो । तर गतहप्ताको उहाँको उपचारको सम्पुर्ण कथा विचित्रको छ । तपाईलाई थाहा छ , उपत्यकाबाट बग्ने बागमतीनदी ,एक पवित्र नदी हो ? जे भए पनि चलन के छ भने , जब कुनै मानिस मर्न लागेको हुन्छ , उसका नातेदारहरुले बागमतीकोे तीरमा लगेर राखि छोड्दछन् । खोलाको एकापट्टिको भाग पशुतिनाथ मन्दिरतिर पर्दछ र अधिकांश काठमाडौका मानिसहरुलाई त्यहाँ लगिन्छ । गएको हप्ता देवकोटाका नातेदारहरुले उनलाई त्यहाँ लगेर दुई दिनसम्म राखे, तर उनी मरेनन् । तसर्थ उनलाई फेरि फर्काएर अस्पताल लानुप¥यो । अब उनीहरुलाई के लागि सक्यो भने उनी मृत्युको मुखमा छन् त्यसैले स्पष्टतः उनलाई फर्काएर फेरि त्यही नदीमा लाने योजना गर्दैछन् । उनी एक महापुरुष हुन् । सुमनले एक्कासि भने ।उनी महान् कवि हुन् । नेपालीजस्तो सीमित भाषामा महान् कवि बन्न गाहा्रो छ , तर देवकोटाले यसलाई गरेर देखाएका छन् । त्यति मात्रै हैन , उनको कृतिले नेपाली भाषाको सम्पुर्ण अध्यायलाई नै परिवर्तन गरिदिएको छ ।
उनी एक मेधावी व्यक्ति थिए । दयालाग्दो आँखा लगाउदै राजदुतले भने । आश्चर्य त के छ भने जब उनी बोल्छन् , त्यो एक किसिमका कविता जस्तो हुन्छ । उनी कवितामा सोच्दछन् । उनलाई हेर्न म अस्पताल गएँ र उनलाई आफ्नो केही वास्ता थिएन , वास्तवमा त्यो अवस्थामा उनी कटु थिए । उनले भने जब म नदीको छेउमा मर्न पर्खिरहेको थिएँ , साथमा रहेका नातेदारहरु पहिले नै मृत्यु भजन गाइरहेका थिए , उनले संकल्प गरे कि उनी त्यो दिन मर्ने छैनन् र उनलाई दौडाएर चितामा लागियोस् किनभने त्यस्तो हुन्छ भन्ने कुरामा उनीहरु उत्सुक देखिन्थे ।
वेद र म चुपचाप बस्यौ । मैले भने , म उहाँलाई आफ्नो आदर व्यक्त गर्न चाहन्छु । अहिलेसम्म त उहाँ मरिसक्नभयो होला खिन्नताका साथ राजदुत भनभनाए र आफ्नो गुलाबको बगैँचातिर घोरिएर हेरे ।
पछि , प्राध्यापकले दरबारमा हामीलाई भटे , आधा दर्जन विधार्थी साथ थिए त्यसमा तीनजना केटा र तीनजना केटी थिए । तिनीहरु मुसाजस्ता गरी बसे । अत्तालिएको जस्तो गरेर उनले शिक्षाको बारेमा कुरा झिके । त्यसपछिविद्यार्थीहरुलाई संकेत गरे । यी महाशयहरुसँग कुरा गर , उनले आदेश दिए । विद्यार्थीहरुले यताउति हेरे त्यसपछि एउटी केटीले भनी के बेलायत राम्रो छ ?
मैले भने हो धेरै राम्रो छ फेरि एकछिन स्तब्धता छायो , त्यसपछि एउटी केटी वेदपट्टि फर्केर सोधी , के अमेरिका राम्रो ?
तपाईको बारेमा यिनीहरुलाई सबै थाहा छ , सन्तोषको दमित हाँसोका साथ प्राध्यापकले भने ।
बेलायतमाश्रृंगारका साधनको प्रयोग कत्तिको गर्दछन् ? पहिलो केटिले प्रश्न गरि । त्यहाँ कतिको लिपिस्टिक प्रयोग गर्दछन् ?
एउटा केटाले बीचैमा कुरा रोक्यो ।
बेलायतको राजनीति कस्तो छ ?
सरकार कन्जरभेटिव पार्टीको छ , भनाइको मतलव दक्षिण पन्थीदल । विपक्षमा लेवर र लिबरल पार्टी छन् । उनीहरुको बारेमा व्याख्या गर्न म अलिक हचकचिएँ वास्तवमा ती कन्जरभेटिजस्तै हुन् , मैले भने ।
वामपन्थीहरु छैनन् ?
धेरै छैनन् ।
त्यसो भए म त्यहाँ जान्न , एउटा केटाले दृढताका साथ भन्यो म एउटा कम्युनिष्ट हुँ ।
अरु केटाहरुले टाउको हल्लाए । केटीहरुले उसको खिसी गरे । ओहो , साम्यवादको कुरो भन्दा अरु तिमी केही सोच्दैनौ हगि ?
अनि तिमी श्रृंगारपटारभन्दा अरु केही सोच्दछ्यौ त ?
तपाईहरु कुन राजनीतिक पक्षामा हुनुहुन्छ ? एउटा केटाले सोध्यो । हामी दुवैले भन्यौ हामी लिबरल हौ ।
त्यसको मतलब नास्ति ,केही पनि होइन भनेर हाम्रो प्रश्नकर्ताले भन्यो । –मनमनै म सहमत थिएँ ) तपाईहरु वामपन्थी हुनुपर्छ ।
नेपालको सन्दर्भमा तपाईको राजनीतिक धारणा के छ ? वेदले सोधे
हामीकहाँ साम्यवाद आउनैपर्छ ।
ठीक छ , तर कुन तरिकाबाट ?
हामीले ल्याउनै पर्छ ,केटाले दृढतापुर्वक बोल्यो ।
के धेरै विद्यार्थीहरु यहाँ पार्टीमा लागेका छन् ?
धेरै केटाहरु लागेका छन् सही कुरा हो । केटीहरु चञ्चले हुन्छन् र उनीहरुलाई वर्तमानका मुल कुरासगँ केही मतलब रहदैन ।
आजका मुल कुराहरु के के हुन् भन्ने तपाईलाई लाग्छ ?
साम्यवाद ।
यस्तो कुरा केही छिन चल्यो , त्यसपछि प्राध्यापकले उनीहरुतिर टाउको हल्लाए । अब तिमीहरुजाऊ ।उनीहरु जानासाथ ढोका लाग्यो , उनी हामीतिर फर्के । ती मेरा अति मेधावी छात्रहरु हुन् ।
के उनीहरु सबै अंग्रेजी पढ्दछन् ?
हो तर जस्तो तपाईले देख्नुभयो उनीहरुलाई अरु कुरामा भन्दा राजनीतिमा बढी चाख छ । एकपटक उनीहरुले कोइरालाको समाजवादी कार्यक्रमको समर्थन गरे । तर नेपालमा वामपन्थीहरुको क्रियाकलापहरु धेरै सक्रिय छ र के.आई.सिंह युवा पुस्ताको नाइकेसरह भएका छन् । व्यवहारत ः सबै जेहन्दार विद्यार्थीहरु वामपन्थी छन् । उनले कुरा थपे उनीहरुलाई यसबारे केही थाहा छैन । तर आंशिक रुपमा तिनीहरु सोच्दछन् कि कोइराला भारततिर बेचिएका छन् र आंशिक रुपमा चीन हाम्रो त्यति नजिक छ , तिनीहरु साम्यवाद चाहन्छन् । जब उनी गए तब उनले चाहना व्यक्त गर्दै भने , मलाई लाग्छ तापाईले प्रजातान्त्रिक पद्धतिको सरकारको बारेमा उनीहरुलाई केही भनिदिएको भए हुन्थ्यो । त्येसो गर्न मुश्किलै हुने थियो वेदले भने । हुन त हो प्राध्यापकले भने ।साँझमा कवि पुत्र परे र उत्साहविहीन हुँदै भने । मैले तपाईलाई डा. सुमनको पार्टीमा लानुपर्छ ।
ए हो र क्या राम्रो वेदले भने के तपाई आउनुहुन्छ ? कस्तो रमाइलो । उसको एक सानो मित्रताको आव्हान कविको आँखाअगाडि त्यसै ओइलियो । यो खासमा नेपाली लेखकहरुसँगको भेटघाट हो , कविले भने म नभइकन तिनीहरुले संचालन गर्न सक्तैनन् ।
के तपाई पनि आफुले लेखेका केही कुरा पाठ गर्नुहन्छ ?
होइन , निश्चित खास श्रोतावर्गका सामु म पाठ गर्ने गर्छु ।
हामी चुपचाप गाडिमा बसेर सुमनको घरतिर लाग्यौ ।
समन शहरनजिकको एउटा घरमा बस्दथे । उनी जालीदार बरण्डामा हामीलाई स्वागत गर्न आए र हामी सबैलाई ढाडमा धाम मारे ।
तपाइहरुसँग गफगाफ गराउन कोही आकर्षक महिला भेटिएनन् । आउने जति सबै लोग्ने मानिसहरुहुन् । उनले भने र वेदलाई एक हातले र मलाई अर्काे हातले समातेर एउटा ठुलो बैठक कोठामा लिएर गए , जहाँ भित्तामा पर्दा झुण्डिरहेको थियो । जहाँ धेरै गम्भीर नेपालीहरु बसिरहेका थिए ।
एउटा दुब्ला पातलो माड हालेर तन्किएको कपडाको गोलो टोपी लगाएको व्यक्तिलाई बालकृष्ण सम भनी परिचय गराइयो , जो पुरानो आन्दोलनका नेता थिए । अर्का मोटा र चिम्से आँखा भएकालाई विजय मल्ल भनी परिचय गराइयो नो नव आन्दोलनका नेता थिए । उनीहरु कोठाका दुई विपरित दिशामा बसेका थिए । एक अर्कालाई आदर दर्शाउदै तर कुनै वास्ता नगरिकन । बाँकी ती दुर्वमध्येका चेलाहरु थिए । यहाँ देवकोटाका केही चेला हुनुहन्न ? मैले सुमनलाई अलिक सानो स्वरमा भने ।
आहो , उहाँहरु सबै देवकोटाका चेला हुनुहुन्छ सुमनले रौसिदै भने । नेपाली कविताहरु करिब पचास वर्षदखि मात्र चल्दै आइरहेको छ , बुझ्नुभो । सम नेपालका चोसर हुन् भने मल्ल एलियट हुन् तर देवकोटा चौसरदेखि एलियसम्मका कविता संग्रह जहाँसम्म नेपाली साहित्यको सम्बन्ध छ ।
त्यसपछि टेबुल ठोक्दै भने………
पिउनुहोस् पिउनुहोस् । उनले आफ्ना नोकरहरुलाई कराउदै बोलाए । ए साकी अब वाइनतिर पनि ध्यान दिऊँ ।
जीन र बियर अगाडि ल्याइए र रिकापीमा सजिएका नेपाली परिकारहरुमा उसिनेको भटमास , आलुदम , अमिलीको बियाँको पेय पर्दार्थ अगाडि आए । खानुहोस् पिउनुहोस् र मस्त रहनुहोस् । सुमनले भने , किनभने भोलि हामी मर्छाै । अब हाम्रो कविता पाठ गरौँ । उनले कुरा थपे ।समसाहेब तपाई शुरु गर्नुहोस् ।
सम विनम्र भावमा नरुचाउँदा नरुचाउदै विस्तारो सोझो भए र अन्त्यमा कविताको पाण्डुलिपी हेर्न आफ््नो चश्मा लगाए र हामी सुन्नको लागि सबै पछि बसेका थियौ । कविपुत्र जोकि कवचमा भास्सिएर बसेका थिए । उनले निच मोरेर भने , आजको साँझ कविताले गर्दा वैरागलाग्दो हुने भयो ।
सबै क्षुब्ध देखिए , मल्ल हाँसे , सुमनले आफ्नो सम्पुर्ण मुखमा चाउरी पार्दै अवहेलनाको अभिव्यक्ति जाहेर गरे । तैपनि कविता वाचन रोकिएन । एक दर्जन जति कविहरुले आफ्ना दुई वटा कविता पढे र त्यसपछि अनुवाद गरे र एकजना घिमिरेले आफ्ना कविताहरु गीत जस्तै गाए । नेपाली भाषा , यद्यपि यसको जरो हिन्दीसँग गाँसिएको छ , यसलाई व्यवह्रत गर्न अलिक कठिन देखिन्छ , यसका शब्दहरु छोटा छन् र मलाई लाग्छ , लय पनि कम छ । जति कविताहरु पाठ गरिए तिनले कानमा कुनै किसिमको दवाब दिएन र अनुवादबाट पनि कविताको सार कुनै विशिष्ट स्तरको पाइएन ।
पुराना पिँढिकाहरु अधिकांश शेलीको अनुकरण गर्ने देखिए , जो आफ्ना प्रियतमाको सलक्क परेको रात जस्तो कालो कपालको स्पर्शले मदहोश रहन्छन् । युवापुस्ताहरु अलि यथार्थवादीको ज्यादै नजिक रहेका देखिन्थे । मल्लले , जसै कविता पढ्न थाले उनी समतिर हुदै व्यंग्य मुस्कानका साथ हेर्थे यो जान्न कि कही उनी आहत त भएका छैनन् । दुवैथरिको सन्दर्भमा कविहरुले भारतीय लेखकमार्फत अंग्रेजीबाट प्रभाव लिएको पाइयो । तर पुरानो र नयाँ आन्दोलनको विषयबस्तु छक्कै पार्ने खालको मिल्दोजुल्दो देखियो , अतृप्त प्रेम , वातावरणीय सम्पदाको तारिफ र मुक्तिको लागि अलिकति अनुनय , यद्यपि युवा कविहरुले बेला बेलामा केही सामाजिक टिप्पणी पनि गरे । यसरी सबैको दिमागमा कुनै निश्चित वर्गमा श्रोताहरु थिए , ती श्रोतावर्ग जसले खास विषयवस्तु चाहन्थे र ती विषयहरु पुर्व परिभाषित पहुँच हेर्न चाहन्थे । बेला बेलामा कविताको आधा भागमा पुगिसकेपछि कविले श्रोतावर्गको ध्यान अझ ज्यादा आफुतिर आकृष्ट गर्न औला उठाउथे र कुनै बिम्बलाई विस्तारै शब्दोच्चारण गर्थे जसकोबारे उसलाई गर्व हुन्थ्यो । अरु सबै आफ्नो घुँडामा धाप मार्दै भित्री भुँडीदेखि नै बाह या स्याबास गरी कुलिएन्थे । एक पटक सुमन उफ्री हुर्रिएर एउटा कविलाई दुवै हातले अगाल्न पुगे , निकै घँुक घुँक गरी रोए र भन्थे भैया । क्या संवेदनशील आत्मा हुनुहुन्छ । यसले गरेर कवितावाचनलाई फेरि गति लिन केही समय लाग्दथ्यो ।
जब सुमनले स्वयं आफ्ना कविता सबैभन्दा पछि पढे उनले ह्वीस्कीको ग्लास यज्ञपात्र जस्तै उठ्थ्यो जता जता उनको रसिलो आँखा घुम्दथ्यो , उनको कविता पनि अतृप्त प्रेममाथि ने आधारित थियो । यहाँ पनि शेलीको प्रभाव प्रत्यक्ष्य अनुवभ हुन्थ्यो यसपटक उनीसंग एकैपल्टमा छुटकारा मिल्यो भने नेपाली कविहरुसँग दुईपल्ट र त्यो पनि नमीठो पाराले । मैले यथार्थ रुपमा सोच्ने कोशिस गरे यस्ता खालका कविताहरुमा मलाई मन नपर्ने कुराहरु के हुन् त । निक्र्याेल गरे कि भारतका कम विकसित भाषाहरुमा भाषा छ जुन अरु भाषाहरुभन्दा धेरै अगाडि छ, सीमित र ज्यादै परम्परावादी बिम्भहरु प्रयोग भएका छन् । जब कविले अवैयक्तिक रुपमा लेख्छन् , जसरी अधिकांश भारतीय कविताहरु लेखिएका छन् । त्यसैले एउटा स्थापित पृष्ठभुमि बनाउनुभन्दा आफुलाई कमै महत्वका साथ चित्रण गर्दछन् । यस्ता शैली भएका बिम्भहरुलाई आफ्नो आधार मान्दछन् । जसरी घर बनाउने मानिसले आफुलाई भन्दा आफ्नो हात परिसकेका इटाहरुलाई महत्व दिन्छ । त्यस्तै प्रकारले गालिब जस्ता कविले कविता लेख्दछन् र सफल छन् जब लेखकले पुराना विम्भहरुलाई एका साथ राख्दछ । र पश्चिमी केही ख्यातिप्राप्त कविहरुको शैली प्रयोग गर्दछ । बिम्भहरुले आफ्नो गुणको गहना हराउँछन् र शैलीले यसको शक्तिको गुणलाई किनभने दुवै एक आपसमा मिल्न सक्तैनन् ।
तर सुमनले आफ्नो कवितामा कमी कमजोरी छ भन्ने थाहा पाउँदा पनि त्यसलाई मन पराए , कविको यो एउटा परिचय पनि हो र जब उनले कविता पढी सिध्याए आँसुको धारा उनको गालाबाट झरिरहेको थियो । उनले मेरो हात समाते र अवरुद्ध स्वरमा सोधे , राम्रो छैन त ? राम्रो छैन त यहाँ टीकाटिप्पणी गर्ने ठाउँ केही थिएन , कसैले आफुले भर्खरै लेखी सिध्याएका पाण्डुलिपिलाई भट्टीमा कसैलाई फ्यालेर हिँड्ने जस्तो कुरा यो थिएन ,त्यसकारण मैले भने सारै राम्रो उनी खुशीले उचालिदै कराए , अब तपाईको पालो , तपाईले पनि कवितावाचन गर्नुपर्छ ।
मैले दुईवटा कविता अलिक विस्तारै पाठ गरे । यसो गर्दा उनीहरुले स्पष्टत ः ठानेछन् हरेक विराममा तारिफको आवश्यकता छ र सुमन अग्रसर हँदै वाह वाह गर्र्दै अरुलाई समेत प्रभावित पारेर कविताको हरेक पंक्तिपिच्छे आफ्नो ग्लास टेवलमा बजार्न थाले । यो साह्रै रामाइलो भएको थियो । ठुलो कसरतका साथ मैले कविता सर्के त्यसपछि रक्सीको लामो घुट्को लिएँ । सुमनले भने , देवकोटाले तपाईलाई भेट्नुभएको भए , अति खुशी हुनुहुन्थ्यो ।
भोलि त हामी जहाजबाट फर्कन्छौ ।
मैले भने कुन बेला ? सुमनले भने ।
साढे बाह्र बजे वेदले भने,र सुमनले टाउको हल्लाए ।
के देवकोटा अझै जीवित हुनुहुन्छ ? उनले भने ।
आज मात्र मैले उहाँलाई अस्पतालमा भेटेर आएको हुँ । समले भने , उहाँ मृतप्राय जस्तो नै हुनुहुन्छ ,मुश्किलले बोल्न सक्नुहुन्छ । भोलि उहाँलाई त्यहाबाट पशुपतिनाथ सार्नेछन् मरणको लागि ।
म मिलाउँछु सुमनले भने । म मिलाइहाल्छु नि देवकोटा पनि खुशी हुनुहुनेछ । जुनसुकै कवि पनि आफु विदा हुन लाग्दा रेलगाडीलाई कुनै अर्काे कविले हात हल्लाई देओस् भन्ने चाहन्छ नै ।
म सबेरै उठँे र झ्यालतिर गँए , जब सुर्य हिमालबाट उन्मुक्त भई उठ्यो , जलजलायमान वादलका घुमहरु एक्कासि फेरि उही सुर्य भर्खरै टक्सारबाट निस्केको सिक्काजस्तो पहाड र उपत्यका र नदीहरुमा तैरिदै र नील गगनमा ,शहरका झिंगटीको छानाहरुवाट चहकिलो शीतल प्रकाशसहित झुल्लुक्क झुल्क्यो ।
नेपालमा हाम्रो यो अन्तिम विहान थियो ।
उदेक रहेछ एउटा ठाँउ छाड्नलाई । जब म फर्कन्छु मैले सोचे , यदि म फर्किए भने म पाको भैसकेको हुनेछु लचकिलो जीउ रहनेछैन , थोरै रक्सी पिउने र ज्यादै बन्दोबस्त भइसकेको हुनेछ , म एउटा होटलमा बस्नेछु र मेरो बिहानको खाजा ओछ्यानमा खानेछु । कारण जब म यहाँ फर्किन्छु त्यसबेलासम्म यहाँ हिल्टन होटल बनिसकेको हुनेछ र टोखासम्म मोटर गाडि जाने बाटो बनिसकेको हुनेछ र हामी सगरमाथाको फोटो खिंच्न गाडी हाँकेर त्यहाँसम्म जानेछौ र वेद पनि मैजस्तो हुनेछ । त्यतिखेर निद्रा लागेर पन्नालाल हाँछिउँ गर्दै उठे , वेद झुलभित्र छिरेर आफ्नो सुत्दा लाउने लुगा खोज्दैथ्यो । हलो , वेदसिन्स , मैले भने ।
हेलो डोमी । मैले मेरो सत्दा लगाउने लुगा कहाँ राखेँ हँ ?
तिम्रो ओछ्यानमाको पुछारमा छ । मेरो कुरा सुन । तिमीलाई थाहा छ आज हामी जादैछौ ।
हो , हामीले केही आकाशवाणीहरु पनि पठाउनु छ ।
नपाठाउँ , मैले भने । अग्रिम कार्यक्रम नमिलाइकनै अपर्झट कलकत्ता पुग्न अझ रमाइलो हुन्छ ।
ए भावुक बुढा वेदले भन्यो ।
एउटा ठाँउ छोड्दाखेरि यी सब गर्नुपर्ने हुन्छ , कसैले पनि यी बेकामै आकाशवाणीहरु पठाउनु पर्छ । हामीले त्यसो गरेनौ भने पनि सास फेर्दै काठमाडौँबाट बाहिर निस्कन सक्तछौ । छोड्न मात्र हैन , गन्तव्य कलकत्तासम्म पुग्न सक्तछौ ।
हुन्छ भनेर सहमति जनाउदै वेदले भन्यो तर मेरो बाबुलाई मैले एउटा पठाउनैपर्छ ।
यसो सोच्दा मैले भने , मैले पनि पठाउनुपर्छ । पन्नालाल तातो पानी लिएर आयो । हामीले दाह्री काट्यौ , मुख धोयौ र यतिकैमा गुप्ता पनि आइपुग्यो ।
सुमनले भन्दछन् भने तपाई देवकोटालाई आफ्नो सम्मान व्यक्त गर्न चाहनुहुन्छ भने म लिएर जान्छु ।
उहाँ अझैँ अस्पतालमा हुनुहुन्छ ?
नातेदारहरुले उहँलाई आज पशुपतिनाथ पु¥याइसकेका छन् । उहाँ कुनै पनि वेला प्राण त्याग्न सक्नुहुन्छ ।
ए मैले भने अलिक अविवेकी पारले प्रतिवाद गरे , यस्तो वेलामा उहाँलाई दुख दिन उचित हुँदैन ।
होइन , केही छैन उहाँ तपाईलाई भेटेर खुशी हुनुहुनेछ , खासगरी तपाई दुवै लेखकहरुलाई उहाँ एक्लै हुनुहुन्छ , बुझ्नुभयो ।
हामीले लुगा लगायौ , र जीप टैक्सीतिर गयौ , लैजाऊ , हिंडौ गुप्ताले टैंक्सीवालालाई भने , मरेका मान्छे लाने घाटतिर लैजाऊ ।
लामो हँकाइको बाटो थियो यो , वरिपरि हरियो उपत्यका हुँदै अगाडि बढ्यौ र उफार्ने ओरालो बाटो हुदै एउटा धुले गाँउमा आइपुग्यौ । अक्सरझै केटाकेटीहरुले हामीलाई घेरेर भीख माग्न थाले । भुसुनाको बादल हटाएसरह गुप्ताले तिनीहरुलाई हटायो । जीप अगाडि जान सक्ने अवस्था थिएन , मन्दिर परिसर आइसकेको थियो र तलतिर वागमती ।
हामी गाउँबाट हिँड्दै तल ओर्लियौ जहाँ हामी काठको प्रवेशद्धाराबाट एउटा कच्ची आँगनमा पुग्यौ । आइमाइहरु राता खोर्सानी घाममा सुकाइरहेका दखिन्थे र गाउँका केटाकेटीहरु र कुकुरहरुको अत्यधिक संख्याले हाम्रा गोलीगाँठाहरुलाई विजोक पारे । विभिन्न स्रोतहरुबाट जम्मा भएको गोबर पनि त्यहाँ थुप्रिएको थियो ।
मन्दिर यही हो ।
आँगनको अन्त्य भागमा आर्काे एउटा काठको ढोका थियो , जहाँबाट हामीले वागमती खोला देख्यौ , दुई किनाराको बीचमा ढुंगाहरु हुँदै बगिरहेको । त्यहाँ एक अनौठो खालको गन्ध स्थिर रुपमा फैलिएको थियो , जो आंशिक रुपमा जलेको वा मलमुत्र त्याग गरेको र मरणको गन्ध थियो । हामी ढुंगाको सिंढी हुँदै तल ओर्लियौ । खोला हाम्रो दाहिनेपट्टी थियो र बाँयापट्टि एक लस्करै ढुंगाको भुई र खम्बा , काठको छाना भएका घरहरु थिए , जो मन्दिरबाट ओर्लिने सिँढीसम्म जोडिएका थिए बागमती नदीमाथी दुई वटा पानीमा तैरिने काठका पीपा फोहरयुक्त दखियो । गुप्ताले तिनलाई औल्याए ।
यहाँ दुई जना व्यक्ति कालले मर्न लागेको अवस्थामा हुनुपर्दछ तिनीहरुलाई त्यसमा जलाइनेछ ।
केही पर खोलामा ढुंगाको एउटा माथि उठेको सिमेण्टको चप्लेटो थियो । त्यहाँ राजा र राणाहरुको दाहसंस्कार हुन्छ ।
त्यसपछि , हाम्रो देब्रेतिरका घरहरुमध्ये एउटा घरलाई देखाएर यो मर्न लागेका मानिसहरु राख्ने घर हो ।हामीले त्यहाँ देवकोटालाई भेट्नेछौ ।
यो भवनमा एउटा ढुंगाको पर्खाल लगाएर बनाएको बरण्डा थियो । जसमा काठका फल्याकहरु दश दश फिटको फरकमा ओछ्याइएको थियो , यी फल्याकका खाटहरुमा अधिकांश नचिनेने आकृतिहरु देखिन्थे , कपडामा बेरिएका अधिकांशत एक दुई जना विरक्तिएका नातेदारहरुद्धारा कुरिएका थिए , केही बेवारिसे पनि दखिन्थे ।
नातेदारहरु गुनगुनाइरहेका थिए , ठीक विषदयुक्त आवाजमा अन्तिम भजन गाइरहेका थिए , तर त्यहाँ एक अव्यक्त , गहिरो दुखको गुनगुनाहट देखिन्थ्यो । जसै हामी नजिक पुग्यौ हामीले थाहा पायौ कि यो केको गुनगुन रहेछ , झिँगाले गर्दा बरण्डा कालाम्य थियो , भुइँमा झिंगाका ताँती भुनभुनाइरहेका थिए र मर्न लागेका मानिसको टाउकामा पनि त्यतिके थिए । एकजना पुरेत अल्छी मान्दै खुड्किलामा बसेर आफै झिंगा उडाउन पंखा हम्किरहेका थिए । जसै हामी आयौ उनले मास्तिर हेरे ।
देवकोटा कहाँ हुनुहुन्छ ?
ती कवि ? मलाई लाग्छ उनी मरिसके । उनी हाई हाई गर्दै उठेर फल्याके खाटतिर सुस्तरी हेर्न थाले । अहिलेसम्म मरेका रहेनछन् । उनी त्यहाँ छन् ।
उनले इशारा गरेर देखाए , मृत्युशैयापिच्छे मृत्युशैयाको खुट्टा मुनिबाट हामी हिँड्यौ तबसम्म , जब गुप्ता रोकिए , सभक्ति झुकेर नमस्कार गरे । हाम्रो अगाडि काठे खटमा एउटा मानिस देब्रेपट्टि कोल्टिएको , मैलो सेतो ओढ्नेले छोपिएको , मुख मात्र देखिने गरी पल्टिएका थिए । उनको छेउमा एकजना आइमाई शोक मान्दै सारीले मुख छोपेर पलेँटी मारेर बसी झिँगालाई उडाउन पंखा हम्किरहेकी थिइन् । नम्रतापुर्वक गुप्ताले भने , दवकोटा साहव । देवकोटा सहव र ती आईमाइले देवकोटाको मुखबाट ओढ्ने हटाइदिइन् । हामी उनको आछ्यानको छेउमा पुग्र्यौ र ती आइमाईले हामीलाई बस्न भनेर इशारा गरिन् । एउटा हातले देवकोटालाई हम्कन छाडेको थिएन ताकि झिँगाहरु बस्न नपाउन् । पलेँटी मारेर हामी भुइँमा बस्यौ ।
जुन मुखाकृति हामीले देख्यौ त्यो मुखुण्डो थियो , सुख्खा , बाक्लो कालो कपाल मास्तिर लत्रिएको थियो । कपालको तल एउटा राम्रो निधार , ठुला आँखाहरु हामीतिर हेर्न अलिकता खुले । आँखाको तल मुख खस्किसकेको थियो । गालाहरु खाल्टो परिसकेका , ओठ सुकेर धेरै बुढो मान्छेको जस्तो कलेटी परेका थिए । तर मैलौ ओढ्नेभित्रबाट दुइएवटा लामा हातहरु काठका लठ्ठी जस्ता , वालुवा रंगका पाखुराहरु बिस्तारैसँगै जोडिन पुगी नमस्कार बन्न पुगे ।
फेरि ती राम्रा आँखाहरु बन्द भए , उनी आफु ढल्किएपट्टि नै स्थिर रहे , उनका हातहरु लत्रिए । उनले गहिरो कष्टकर सास फेरे र पालैपिच्छेको श्वास प्रश्वासमा उनलाई हल्का छटपटाइ हुन्थ्यो । हामी चुप लागेर बस्यौ । खोक्दै ती स्वास्नीमानिसले पंखा चलाइरहिन् ।
एक लामो विरामपछि गुप्ताले हाम्रो परिचय गराए । आँखा पुलुक्क खुले । ती फुस्रा आँखा थिए , झिलजस्तै निर्जीव , जहाँसम्म लाग्छ ती आँखा मरिसकेका थिए । जब कुनै कुराले तिनीहरुलाई चलाउँथ्यो । ती चम्किन्थे । केहीक्षणको लागि । ती आखाँ ट्वाल्ल मात्र थिए । हामीपट्टि एउटा पातलो हात ओछ्यानमा गाडिन पुग्यो । मैले त्यो हातलाई आफ्नो दुवै हातले कसेर समातें । त्यो चिसो र सुकिसकेको थियो । एउटा लामो मौनता छायो । त्यसपछि वेदनाले चाउरिएको मुख खुल्यो । धेरै विस्तारै छामछुम अहाउहु गर्दै त्यो मुखले बोल्यो । ब्रह्माण्ड दहन……
ती स्वास्नीमानिस , उनको चालढालले बताउँदै तिनले सबै कुरा माया मारिसकेकी छिन् , एउटा हरियो रंगको थर्मस ओछ्यानको शिरबाट झिकिन् त्यसलाई खोलेर एक ढिक्का वरफ निकालिने । त्यसलाई तिनले कविको ओठको बीचमा पारेर राखिन् । उनले एकछि त्यसलाई चुसे , अझै हामीतिर हेरिरहेका थिए । त्यसपछि उनी विस्तारै बोले म ब्रह्माण्ड दहनमा छु ……..
हामीमध्ये कसैले केही भनेनौ । त्यो मुखुण्डो जस्तो अनुहारमा तागत सोहरिएर आयो ।
म बलिरहेछु । यो नरक दावाग्नि जस्तो छ , क्यान्सरसँग पौठाजोरी गर्ने अर्काे वेदना मानिसले आविष्कार गरेको छैन……….अझै हामी मौन थियौ । उनले मतिर हेरेर बिस्तारै भने । मैले तपाईको कृति पढेको छु …………. मलाई तपाईको साथिको नाम पनि थाहा छ ….. तपाई यहाँ भेटिनु एउटा चमत्कार नै हो र म मर्दैछु ।
तपाईलाई भेट्न हामीले धेरै चाहेका थियौ महोदय , मैले भने ।
क्यान्सर …यसले मलाई पोल्छ , म मर्दैछु । म जीवित भए तपाईलाई मेरा कविताहरु देखाउँथे । तपाईले मेरो कविता हेर्नुभएको छ ? गुप्तालाई विस्तारै भने समलाई भनिदिनोस् उहाँलाई मेरा कविता दिनको लागि ।
त्यसपछि मेरो लागि , मेरा केहि कविताहरु सुनाउन मैले कोशिस गरे ….. मैले अनुवाद गर्ने कोशिस गरे । अनुवाद गर्नु एउटा ज्यादै गाह्रो काम हो …… तर मेरो सक्दो कोशिस गरे ….. उनका आँखा बन्द थिए हामीभन्दा टाढा उनी गइसकेका थिए र फेरि त्यही बराबर भइराख्ने गुनगुनाहटको आवाज । ती स्वास्नीमानिसले बरफको आर्काे टुक्रा उहाँको मुखमा हालिदिइन् । एकछिनपछि फेरि हामीतिर हुर्नुभयो ।
थोरै कुराहरुमात्र भन्न बाकी छ …….. म चाहन्छु हरेकले केही तात्विक कुरा बताओस् ……..तर अब म केही भन्न सक्तिन । उनीहरुले मलाई रगत फेरे । उनी हरु भने मलाई अझै केही दिन ज्यादा जीवित राख्न सक्नेछन् । तर मानिसको रगत पिउँदा पिउँदा म थाके । तसर्थ म यहाँ मर्न आएको हुँ ………..
मेरा कविताहरु ज्यादै भौतिकवादी थिए ………….तिनीहरु ज्यादै सांसारिक थिए …………..तर म तिनीहरुलाई त्याग गर्दिन । म यहाँ पशुपतिको मन्दिरमा छु , म मर्दैछु । तर कताकता एक इञ्ची म अझै बाँकी छु ………. मेरो एक अणु बाँकी छ त्यसले मलाई जान दिइरहेको छैन । म प्रार्थना गर्दछु अब म जाऊँ …….यदि पशुपति भगवान् आएदेखि म उहाँसगँ मेरो खप्पर फुकाइदिन् आशीष माग्थे ……
उहाँले फेरि हामीतिर हेर्नुभयो । उहाँका आँखाहरुले केही कुरा भन्न कोशिस गरे , तर सकेनन् र थाकेर फेरि फ्याट्ट बन्द भए र फेरि सुस्तरी खुले ।
देख्नुहुन्छ तपाईको अगाडि एउटा लास छ एउटा मानिस जो कुनै वेला १७५ पौण्ड जीउको थियो । अब त्यसको वजन ५२ पौण्ड छ ……. यो एउटा शव हो देवकोटाको एक इञ्ची बाँकी छ …….. एउटा अणु ….त्यो पनि मर्ने छ । यस दुखमा अल्झेर बस्नको के प्रयोजन ? मेरो लागि प्रार्थना गर्नुहोस् ………. प्रार्थना गर्नुहोस् कि म छिट्टै मर्न सकुँ ……
तीनिहरुले मलाई वामपन्थी भने , किनभने म रुस गएँ , म सिर्फ एक कवि मात्र थिएँ , मेरो लागि प्रार्थना गर्नुहोस् , देवकोटाको लागि प्रार्थना गर्नुहोस् , अर्थात् म मर्न सकुँ ….यदि म नरक अग्निकुण्ड गएँ भने , यसभन्दा बेश हुन्छ ….. प्रार्थना गर्नुहोस् मलाई छिट्टै जाओस् भनेर ….. मेरा लागि …. म नेपाली लेखकहरुमध्येको अति अभागी लेखक हुँ…….
एक्कासी त्यो मखुण्डोले चिच्याउने कोशिस ग¥यो , ती भित्र पसेका ओठहरु मुजुक्क भएँ , तर सुक्सुकाउन सकेनन् मानवीय शारीरिक यन्त्रबाट ती काम नगर्ने भइसकेको थिएँ । खाली उहाँका आँखाबाट आसु झरिरहे र तिनले उहाँका गालामा बनेको खाल्टोमा ताल बनाएका थिए । मैले उहाँको हातलाई मेरा हातले सुम्सुम्याएँ र अन्त्यमा उहाँले मलाई फेरि हेर्नुभयो ।
तपाईका केही कविताहरु वाचन गर्नुहोस् अलिकति म शान्तिको स्वाद लिऊँ । म उहाँको नजिक गएँ । ताकि उहाँले राम्ररी सुन्न अप्ठ्यारो नहोस् र पाठ गर्न थाले ।
मैले के शुरु गरेको थिएँ , अर्काेतिरको ओछ्यानबाट आइमाइहरुको कोलाहल सुनियो , चर्काे र उराठलाग्दो , बाहुन खुड्किलाबाट दौडदै आए , पक्कै पनि कोही मरेको थियो ।
देवकोटाले केही वास्ता गरेनन् , उनले आफ्ना आँखा मेरा आँखामा गाडे र बिस्तारै भने पाठ गर्नुहोस् ।
म पढ्दै गए । जब मैले सकिसकेको थिए उनले लामो सास फेरे । मेरो पछाडि मरेका कुनै मानिसलाई उसका आफन्तहरुले जलाउन घाटामा बोकेर लाँदै थिएँ । देवकोटाले कुनै एक पँक्ति गुनगुनाएँ ।
बेलैमा मैले याचना गरेको थिएँ कि म क्षमाप्रार्थीछु ।
त्यपछि , बल गरेर,अर्काे पाठ गर्नुहोस् भने ।
अनि जब मैले सिध्याएँ , तपाई मभन्दा ज्यादै स्वाभाविक कवि हुनुहुँदो रहेछ …. म ज्यादै यान्त्रीक थिएँ …. ज्यादै व्यवसायी ….. समय मेरो लागि थोरै थियो । उनले भने र त्यही एउटा समय थियो जसमा उनले हाँस्ने कोशिस गरे । त्यसका लागि तपाईले मलाई माफ गर्नुपर्छ ?
मैले उनको हात फेरि कसे , फेरि उनले साउती गरे, अरु केही पाठ गर्नुहोस् । म अरु कसैको कविता सुनाउँछु मैले भने , र एड्ना सेण्टभिन्सेण्ट मिलाईको कविता ः मर्न लागेका कुनै कविलाई
समयले चराबाट चराको पखेटा उखेल्न सक्तैन ।
चरा र पखेटासँगसँगै
तल झर्छन् , एक प्वाँख भएर ।
कुनै चीज कहिले उडेन ,
न चकवाक , न तिमी नै
मर्न सक्छौ त्यसरी जसरी अरु मर्दछन् ।
देवकोटाले भने , हो यो राम्रो छ …… पहिलो तीन पंक्तिका विम्वहरु राम्रा छैनन् …… तर मलाई लाग्छ ..यो सत्य हो , शायद …।
गुप्ताले मेरा हातलाई समातेर भने , तपाईको जहाज । अब चाहिने समय मात्र बाँकी छ ।
उसले देवकोटालाई भन्यो , अब हामीले जानु छ । आज हामी कलकत्ता उड्दैछौ । देवकोटाले मलिन स्वरमा भने , के तपाइ नबस्ने ? ….दुईजना लेखकहरु … म मरुन्जेल तपाई नबसिदिने ?
लाचार भएर मैले भने मलाई लाग्छ हामीले जानुपर्छ ।
फेरि त्यो मुकुण्डो काम्यो , रुन खोज्यो । त्यसपछि ओठहरुसँगसँगै कामे । मेरो गन्तव्यको लागि तपाई आर्शीर्वाद दिनुहोस् । देवकोटाले भने तपाईहरु दुवैको लागि मेरो कामना छ ….. त्यसोभए जानुहोस् । वेद र म दुवै निहुरिएर उहाँको निधारमा म्वाई खायाँै । यो पनि उहाँको हातजस्तै चिसो थियो । धेरै मुश्किलका साथ विदाइको अन्दाजमा उहाँले आफ्ना हात उठाउनुभयो ।
मेरो लागि कामना गर्नुहोस् ।
त्यसपछि त्यो ठाउँबाट हामी हिड्यौ । धुलाम्य आँगनमा ढलमल गर्दै हामी जीपमा आइपुग्यौ । कुनै कुरामा मेरा आँखाहरु राम्ररी लाग्न सकेका थिएनन् । बागमतीबाट नमीठो गन्ध आउने धुवाँको मुस्लो उठ्यो । विस्तारै नाक खसखसाउने गरी , त्यो मानिसको चिताबाट , जो मरिसकेको थियो ।
(विदेशी पुुस्तकमा नेपाल र नेपाली पुस्तकबाट)